दमक नगरप्रमुख थापाले गरे बिचल्लीमा महिलाको उद्दार

खगेन्द्र कार्की

दमक/ घरभाडा तिर्न नसकेर कोठा नै चावी लागेकी एक महिलाको दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले उद्दार गरेका छन् । भाडाकै कारण विचल्लिमा परेको कुरा सुनेपछि ताला लागेको कोठामा पुगेर नगरप्रमुख थापाले ३ महिनाको घरभाडा तिरिदिएर उद्धार गरेका गरेको स्वयं थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  दमक १ बस्दै आएकी वर्ष ४१ वर्षीय इन्दिरा सुवेदी नाम बताउने असहाय, (श्रीमान पनि छुट्टीएर बसेको) भनिएकी महिलालाई ३ महिनादेखि घर भाडा तिर्न नसक्दा घरबेटीले कोठामा चाबी लगाएर घरबाट निकालिदिएपछि विचल्लीमा परेकी थिइन् ।

मेयर थापाले आफ्नो भाद्र महिनाको तलब भत्ताबाट रु. २० हजार उपलब्ध गराई महिलालाई उद्धार गरेको जनाएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया