पाठकको पुर्पुरो : वि.सं. २०८० भाद्र २६ गते (तद्अनुसार सन् २०२३ सेप्टेम्बर १२ तारिख) मंगलबार—बर्षा ऋतु, भाद्रपद कृष्णपक्षको त्रयोदशी तिथि

खगेन्द्र कार्की

मेष – विभिन्न अवसर मिल्ने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । नयाँ कामको सुरुवातचाहिँ आज नगरेकै बेस हुनेछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । व्यस्तता र खर्च बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्ने योग छ ।

वृष – आज तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको राम्रो उपयोग हुने समय छ । साहस वा पराक्रम बढ्नेछ । सुख वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सम्पति बढ्नेछ । रसरागको भाव वृद्धि होला । समस्याको समाधान पमिल्नेछ, यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – पीडा दिनेहरु सक्रिय रहन सक्छन्, आजको दिन विशेष सावधान रहनु हितकर होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । आफूले गर्दै आएको कामलाई चाहिँ निरन्तरता दिनु उत्तम हुनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – दिन शुभदायी छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने योग छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । आयबल वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आज गरेको मेहनत खेर नजाला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । उन्नति पदोन्नति हुनेछ । कर्मबल वृद्धि होला । योजना र बजेट बनाएर मात्र काम गर्नु उन्नतिकारक हुनेछ ।

वृश्चिक – आजको दिन केही चुनौतीयुक्त छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले व्यक्तिगत स्वतन्त्रतामा दखल दिन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान पुऱ्याउनु हितकर हुनेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – दौडधुपका साथै जोखिम बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने समय भएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य मिल्न मुस्किल पर्ला । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – राम्रो समय छ । व्यवसायमा राम्रैै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । मित्रजनको साथ प्राप्त होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

मीन – आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने समय छ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुने योग रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा खटपट पर्न सक्छ, सचेत भइ व्यवहार गर्नुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया