हातेमालो जनसरोकार संस्था बलाहाले तीज कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार ५ नम्बर वडा कार्यालयको सहयोगमा संस्थाले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा तिज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले तिज पर्वले नेपाली खानपान र नेपाली मौलिक संस्कृत झल्काउने बताउँदै महिला दिदीबहिनीहरुले केही समय अगाडिदेखि नै उत्सबका साथ मनाउन थालेको तीज पर्वलाई आलोचना हैन प्रोत्साहन गर्नुपर्ने बताए । उनले हरेक पर्वले समाजलाई एकताको सुत्रमा बाध्दै गहिरो सन्देश दिने बताए ।
सोही कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाकी उपप्रमुख विनिता कुमारी मेहताले तीज बिगतदेखि नै नेपाली दिदीबहिनीहरुको दु:ख सुख साटासाट गर्ने पवको रुपमा रहेको बताइन् । उनले यस्ता कार्यक्रमहरुको आयोजना गर्दा संस्कृतिको जगेर्ना हुनुका साथै एकअर्कामा आत्मीयता साटासाट गर्ने अवसर मिल्ने बताइन् ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै ५ नम्बर वडाको वडा अध्यक्ष अनिल पोखरेलले हातेमालो जनसरोकार संस्थाले मौलिक संस्कृति र पर्वहरुलाई जगेर्ना गर्दै दोस्रो पुस्तामा संस्कृति हस्तान्तरण गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे । साथै उनले माइती र चेलीबिचको सुमधुर सम्बन्धलाई कसिलो पार्ने पर्व तीजको अहिलेको ब्यस्त जनजीवनमा झन धेरै महत्त्व रहेकोमा जोड दिए ।
हातेमालो जनसरोकार संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिता कुमारी मेहता, वडा अध्यक्ष अनिल पोखरेल लगायत जनप्रतिनिधि सहित उपस्थित महिला दिदीबहिनीहरु तीज गीतमा छमछमी नाचेका थिए ।
फाष्ट मिडिया नेपाल संवाददाता
३२ साउन २०८२, शनिवार ०९:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो