इटहरी । विशेष अदालतले पूर्व मन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर तोकेका सयाज र जरिवाना भन्दा धेरै कम सजाय र जरिवाना तोकेर सर्वोच्चले पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतले गरी डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ जरिवाना तोकेकोमा सर्वोच्चले सजाय र जरिवना घटाएर९ महिना कैद र ६९ लाख १५ हजार मात्र जरिवाना तोकेर दोषी ठहर गरेको हो ।
न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालतले जोशीलाई अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ रुपैयाँ जरिबानाको फैसला गरेकोमा सर्वाेच्चले कैद र जरिबाना दुवै घटाउँदै फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो