इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रद्वारा जीवन दर्शन सत्सङ्गसम्बन्धी पत्रकार सम्मेलन

सुप्रिया राई



इटहरी । त्रिनेत्र आश्रम श्री हरिहरधाम" अन्तर्गत क्रियाशील त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजनामा कोशी प्रदेशको इटहरी उपमहानगरपालिका–२ मा जीवन दर्शन सत्सङ्ग हुने भएको छ ।


उक्त कुरा पत्रकार सम्मेलन गरि जानकारी गराएको हाे ,केन्द्रले आगामी साउन १७ देखि २१ गतेसम्म हरिहरधाममा आयोजना गर्न लागिएको पाँच दिने जीवन दर्शन सत्सङ्गको तयारी, उद्देश्य र कार्यक्रमको विस्तृत विवरण सार्वजनिक गर्नेछ। उक्त सत्सङ्ग कार्यक्रममा नेपालसहित भारत, भुटान र अन्य राष्ट्रहरूबाट समेत भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।


त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रकाे केन्द्रीय कार्यालय चितवनमा रहेको छ भने कोशी प्रदेश कार्यालय इटहरी–२ मा सञ्चालनमा रहेको छ। केन्द्रले विगत लामो समयदेखि धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रको समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।


सत्सगमा केन्द्रका विद्वान वक्ताहरू, आयोजक समिति र स्थानीय धार्मिक अगुवाहरूको उपस्थिति रहने बताइएको छ। सत्सगमार्फत जीवन मूल्य, आध्यात्मिक चेतना र सामाजिक सद्भाव बढाउने सन्देश दिनेसमेत अपेक्षा गरिएको छ।


पत्रकार सम्मेलनमा  केन्द्रका विद्वान तथा सल्लाहकार महेश्वरानन्द केसरी पुरी महाराज, केन्द्रीय अध्यक्ष शिवहरि यात्री, वागमती प्रदेश अध्यक्ष पार्वती खतिवडा र कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याखुरेललगायतका सहभागी रहेकाे थियाे ।

सुप्रिया राई
प्रतिक्रिया