विश्वभरि भईरहेका युवाको भविष्य बोकेका कार्यक्रमहरुमा नेपाली युवाहरुको चासो र चिन्ता कम देखिन्छ । भर्खरै मात्र संयुक्त राष्ट्र संघमा एउटा युवा लक्षित महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो तर त्यो कार्यक्रमका विषयमा नेपाली युवाहरुको चासो गएन । नेपालभित्र अन्धकारमय ढंगबाट रुमल्लिएको लाजनीतिमै युवा रुमलिइरहेका छन् । त्यो कार्यक्रम थियो ‘समिट अफ द फ्युचर २०२४’ जहाँ नयाँ ज्ञान, शीप, क्षमतासँगै विभिन्न देशका युवाहरुसँगको साक्षत्कार, भेटघाट गर्ने सुनौलो अवसर थियो । नेपालको प्रतिनिधित्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रको हैसियतबाट प्रधानमन्त्री ओलीको प्रतिनिधित्व भएको हो । अब केपी शर्मा ओली जीवनको उत्तराद्र्धमा आइपुग्दा देशैभर आलोचनाको पात्र भईसक्दा पनि कुनै पद नछाड्नेले युवाको प्रतिनिधित्व किन गराउँथे ? उनले खासै युवाका कुरा ल्याएनन । तरपनि नेपाल युवा परिषद्को प्रतिनिधित्व गर्दै सम्पूर्ण आर्थिक तथा अन्य व्यवस्थापनमा महत्वपूर्ण योगदान दिएर सो कार्यक्रममा सहभागिता जनाउने एक व्यक्ति थिए– समिक बडाल । उनी पनि नेपाली युवाको प्रतिनिधित्व, चासो र चिन्ता नभएको स्वीकार गर्छन । उनले भने– विभिन्न देशहरुमा धेरै सम्मेलन तथा तालिममा सहभागी भएँ, तर संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित समिट अफ द फ्युचरमा सहभागी हुँदा पहिले कस्तो कस्तो लाग्यो । बोल्ने वक्ताहरु उमेरले मभन्दा सानोदेखि ज्ञानले परिपक्वसम्मका थिए । उनीहरुले भविष्यप्रति देखाएको चिन्ता र चासोका साथै जलवायु परिवर्तन, डिजिटल र ‘इनोभेसन’का विषयमा निकै ठूलो चासो र चिन्ता दिएको पाएँ । यसतर्फ नेपाल सरकारले पनि चासो दिनुपर्दछ । भविष्यप्रति यी विषयहरुलाई चासो र चिन्ताका साथ हेरिनुपर्ने रहेछ भन्ने कुरामा म आफू चाहिं स्पष्ट रहेको उनले बताएका छन् ।
विशेषगरी ‘प्याक्ट फर दि फ्युचर’, ‘ग्लोबल डिजिटल कम्प्याक्ट’, ‘सेक्युरिटी काउन्सिल रिफर्म’, जलवायु परितर्वन र दिगो विकास तथा डेब्ट एण्ड फाइनान्स रिर्फमको वरिपरि रहेर ‘समिट अफ द फ्युचर’ आयोजना गरिएको थियो । जहाँ सदस्य राष्ट्रहरुको तर्फबाट हरेक देशका प्रमुख वा प्रतिनिधिले उक्त कार्यक्रममा सहभागिता जनाएका बताए ।
उनले भने–‘समिट अफ द फ्युचर’ सेप्टेम्बर २२ र २३ मा हुनुभन्दा अगाडि ‘समिट अफ द फ्युचर एक्सन डेस’ आयोजना भएको थियो । जहाँ विभिन्न देशहरुबाट युवा, विद्यार्थी, सामाजिक अभियन्ता र सरोकारवाला निकायहरुको सक्रिय सहभागिता थियो । सबैको सक्रिय सहभागिता भएको समिटका वक्ताहरुले विश्वको चिन्ताका विषयहरु जस्तैः जलवायु परिवर्तन, ग्लोबल डिजिटल कम्प्याक्टका विषयहरुलाई कार्यान्वयन र आगामी दिनहरुमा थप सक्रियाताका साथ स्थानीयकरण गर्न जोड दिएका थिए । विभिन्न समुदाय र उमेर समूहका व्यक्तिहरुको विषयमा पनि जोडका साथ आवाज बुलन्द पारेका थिए । त्यसमा पनि युवालाई अझ बढी प्राथमिकतामा राखी वक्ताहरुले आफ्नो धारणा राखेको देख्दा हामी नेपाली युवाहरुले त्यति धेरै अवसर प्राप्त नगरेको हो कि भन्ने पाएँ । अन्य देशका युवाहरुको तुलनामा हाम्रो देशका युवाहरुको प्रतिनिधित्व अत्यन्तै न्यून पाउनुले पनि राज्यले आगामी दिनहरुमा यस्ता फोरमहरुमा बढीभन्दा बढी नेपाली युवाहरुलाई सहभागी गराउनेतर्फ सरकारको ध्यान जानु आवश्यक छ । नेपालमा विभिन्न देशमा छरिएर रहेका बौद्धिक ज्ञान बोकेका युवाहरुलाई समेटेर यस्ता फोरमको सदुपयोग गर्न नेपाल सरकार यसरी बारम्बार चुक्नु हुन्न र प्रतिनिधित्व, सहभागिता गराएर मौकाको फाइदा लिन सक्नुपर्दछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो