मोरङ्ग । पुर्खा दिवसको अवसरमा गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले विश्व युद्धका चार विर जिवीत गोर्खाली योद्धाहरुलाई चैत ३ गते धरानमा सम्मान तथा दौड प्रतियोगीता गराउने भएको छ ।
विश्व शान्तीको लागी प्रथम, दोस्रो र विभिन्न युद्धहरुमा सहिद भएका विर गोर्खालीहरुको सम्झनामा २०१८ अप्रिल ५मा नेपाल गोर्खा सिमेट्रीज ट्रष्टको स्थापना भई स्थापनाकाल देखीनै साहित्यीक गोष्ठी सम्मान कार्यक्रमहरु गरिदै आएको र त्यसैलाई निरन्तरता दिदै सम्मान कार्यक्रम गर्न लागिएको ट्रष्टका अध्यक्ष महेन्द्र राईले आज धरानमा पत्रकार सम्मेलन गरी जानकारी गराए ।
सम्मान कार्यक्रममा झापाको १०३ वर्षीय डम्वरध्वज लिम्वु,भोजपुरका १०१ वर्षीय इन्द्रवहादुर राई, तेहथुमका बम बहादुर निङलेखु र खोटाङका १९ वर्षिय डम्वरसींह सुप्तीहाङ राई रहेका छन। त्यसै गरी रत्न चौक देखी गोर्खा स्मृती पार्क सम्म ८.५ किलोमिटर दौड प्रतियोगीता हुने भएको छ । ट्रष्टले धरानमा गत वर्ष पनि यस्तै सम्मान र दौड प्रतियोगीता गराएको थियो भने यो दोस्रो पटक रहको हो ।
दौड प्रतियोगीतामा गरीब ५ सय जनाले सहभागीता जनाउने छन भने दौडमा सहभागीताको लागी फर्म शुल्क तिन सय पचास रुपैया लाग्ने जनाइएको छ। प्रतियोगीतामा प्रथम महिला, पुरुष विजेताले जनही पन्द्र हजार रुपैया, दोस्रो दस हजार र तेस्रो पाँच हजार साथै मेडल र प्रमाणपत्र प्रदान गरीने पनि उल्लेख गरिएको छ। त्यसै गरी सहभागी सवैलाई टिसर्ट मेडल प्रमाणपत्रको व्यवस्था गरीने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो