भ्रष्टाचार विरोधी अभियानका अभियन्ता भनिनेहरु पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । पछिल्लो समयमा आएका विभिन्न अभियन्ताहरुका गतिविधि पनि विवादित बन्न थालेका छन् । खास गरेर भ्रष्टाचार, कुसंस्कार र कु्रीति विरुद्धका अभियानमा जोडिएका मानिसहरु विवादित बन्न पुगेका हुछ । यस्तै अभियानबाट धन कमाउन लालयित एक समूहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

आफूहरुलाई भष्ट्राचारविरोधी अभियन्ता भन्दै ठगी गर्ने काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, वर्ष २६ का आदर्श क्षेत्री, वर्ष २० की अस्मिता खत्री र वर्ष ४५ का प्रेमप्रसाद श्रेष्ठ गरी चार जनाको समूहलाई प्रहरीले पक्राउ गरेको हो ।

विना दर्ताको संस्थाको नामबाट गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बेथिति एवं भ्रष्टाचारविरुद्ध अभियान २०८० नामक संस्थाको नाममा सरकारी कार्यालय, वडाहरुमा पुगेर धाक धम्की दिँदै रकम असुल्ने उनीहरुको पेशा रहेको प्रहरीले गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाएको छ । भ्रष्टाचार गरेको, कर छलेको जस्ता आरोप लगाएर रकम असुल्ने गरेको सूचनापछि प्रहरीले यो समूहलाई पक्राउ गरेको हो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया