फामिने संवाददाता
दमक । इन्ट्रा फाउण्डेसन अफ अमेरीका कम्युनिटीको आयोजनामा एक करोड पुरस्कार राशीको रीयालीटी शो हुने भएको छ । उक्त कुरा आज दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
नेपाली भाषा, संस्कृती र गीत संगीतको जगेर्ना गर्ने उद्देस्यले मेघा भ्वाइस युर्निभस र मेघा डान्स युनिर्भसमा विस्वभर छरिएर रहेका नेपालीहरुले भाग लिन पाउछन् । प्रतियोगीताको विजेताले नगद एक करोड,फष्ट रनर अपले तिस लाख, सेकेण्ड थर्ड, रनर अपले विष, विष लाख प्राप्त गर्ने इन्ट्राका सचिव सुरेन शेर्माले जानकारी गराए ।
प्रतियोगीताको अडिसन अमेरीका, क्यानडा, युरोप, युएई, नेपाल, भारत, थाइल्याण्ड र अष्ट्रेलियामा हुने भएको छ । नेपालमा हुने अडिसन नेपालगञ्ज, वुटवल, काठमाण्डौ र झापामा हुने भएको छ । फिल्ड अडिसनमा विश्व भरीका एक सय विस जना प्रतिष्पर्धी छानिने छन जस मध्ये छानिएका एक सय विस प्रतिष्पर्धीलाई नेपालको काठमाण्डौमा ल्याई टप १२ मा छनौट गरिने कार्यक्रम संचालक नरेस घतानीले जानकारी गराए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो