मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तर, मिहेनत र प्रयत्नका बाबजुद तत्काल भने मौकाको फाइदा उठाउन नसकिएला । आजको दिन सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।
वृष – व्यस्तता बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउने प्रयत्न गरे पनि व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रसरागमा आकर्षण बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मिथुन – भाग्यवर्द्धक काममा आकर्षण बढ्ने दिन छ । पराक्रम बढ्ला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय रहला । स्वास्थ्यमा भने सामान्य कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्ने योग छ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।
सिंह – अरूलाई दिएको आफ्नै वचनले अप्ठ्यारोमा पार्न सक्ने समय छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा भने सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।
कन्या – आँटेका काम तत्काल सम्पादन हुनेछन् भने पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ । व्यापारमा मनग्य फाइदा हुने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मानसमेत पाइएला । धन मान महत्वमा कमी आउनेछैन । कुनै पनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।
तुला – विलासी काममा आकर्षण बढ्ने समय छ । अनावश्यक भ्रमण हुने र स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने र सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । नयाँ काम सुरु गर्नु उचित हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।
वृश्चिक – कर्मबल र दायित्व वृद्धि होला । व्यावसायिक काममा खर्च बढ्ने समय छ, तर प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला ।
धनु – विगतका समस्या बल्झिन सक्छन् । लेनदेनमा विवाद होला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । खास प्रतिस्पर्धामा विजयी भइनेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – दौडधुप बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम समयमा सम्पादन नहुन सक्छ । मेहनतअनुसार फाइदा कमै होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – दिन शुभदायी छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेमभाव र आरोग्यता वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आरोग्यबल वृद्धि भए पनि उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने समय छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो