सोमबारको मौसम कस्तो रहला ?

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया