पाठकको पुर्पुरो : वि.सं. २०८० भाद्र २७ गते (तद्अनुसार सन् २०२३ सेप्टेम्बर १३ तारिख) बुधबार—बर्षा ऋतु, भाद्रपद कृष्णपक्षको चर्तुदशी तिथि

खगेन्द्र कार्की

मेष – विशेष सभा-समारोहमा भाग लिने र मानसम्मान मिल्ने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ भने साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने योग छ । कामका् दायित्व बढे पनि आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । प्रेमभाव बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – व्यस्तताका साथै सुख वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्ला । प्रेम र मित्रताको बन्धन कसिएर जाला । रसरागमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा सुधार होला । उद्योग व्यवसायमा राम्रै प्रगति हुने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । यात्रापरक काम बन्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – परिवारजनसँग आत्मीयता बढ्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ । जटिल समस्याको समाधान प्राप्त हुने योग छ । यात्रामा सफल रहला ।

कर्कट – आजको दिन आर्थिक अभावले अलिक सताउने तथा व्यवसायमा केही उतारचढाव आउन सक्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य तवरमा सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । सुख सुविधाका वस्तुका साथै रसरागमा आकर्षण बढ्नेछ । खेलकुद तथा भ्रमणमा रुचि रहला ।

सिंह – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । नाता कुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसाय विस्तार हुनेछ । कृषिकर्मबाट लाभ हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन हुने र सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । जस्तोसुकै समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्नसक्ने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ, साथै धन पनि आर्जन होला । कर्मबल वृद्धिका साथै मान महत्व बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्न सक्छ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर हुनेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्ने प्रयत्न गर्नुहोला । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ, खानपानमा होसियारी अपनाउनु हितकर होला । आजको दिन विश्वास गरेका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – नयाँ शिप तथा ज्ञान प्राप्त हुने समय छ । पढाइलेखाइमा प्रगति होला । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ भने यात्रा उपलब्धीमूलक बन्नेछ । त्यसै-त्यसै उत्साह जाग्ने योग छ । सन्तान पक्षबाट सुख मिल्नेछ । महत्वपूर्ण काममा जोखिम बढ्ने योग रहेकोले नयाँ योजना थाती राख्नु हितकर होला । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्नेछ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक रोजगारीको काममा भने केही चुनौती आउन सक्छ, तर मित्रजनको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा पनि सफलता मिल्ला ।

मीन – आजको दिन मिश्रित फलदायी रहला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सामान्य खर्च बढ्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने सक्छ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरु सक्रिय रहन सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

खगेन्द्र कार्की
प्रतिक्रिया