धरान । आफुलाई राजा बनाउने उद्घोष गरेका धरान उपमहानगरका मेयर हर्क साम्पाङले निमित्त प्रशासकीय अधिकृतमाथि निरंकुशताको डण्डा चलाएर श्री ३ राणा नै हुन खोजेको आरोप लागेको छ । साम्पाङले निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलामाथि अन्याय मात्र गरेनन उनलाई हतोत्साहित हुने काम धेरै भएपछि नियम विपरित बिदाबस्न विवश पारिएको आरोप स्वयं निरौलाले लगाएकी छन् । उनलाई मेयर साम्पाङको ठाडो आदेशमा कर्मचारी सेवा सुविधाबाट वञ्चित गराएको छ । क्वाटरमा राखिएको स्कुटर उनी नभएको बेला खोलेर नगरपालिकामा पु¥याइएको छ । नगर प्रमुख साम्पाङको आदेशमा सोमवार नगर प्रहरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले प्रयोग गर्दै आएको स्कुटर क्वाटरमा राखिएको बेला खोसेर ल्याएको हो । नगर प्रहरीका ईन्स्पेक्टर लेखराज भण्डारीले भने ‘नगर प्रमुख ज्युको आदेश अनुसार स्कुटर लिएर आएको हो ।’
निरौलालाई प्रमुख साम्पाङले जिम्मेवारी विहीन बनाएका छन् । उनी काठमाडौँ गएको बेला धरान–१६ स्थित आवासमा राखिएको स्कुटर उपमहानगरपालिका कार्यालय स्टोरमा रहेको दोस्रो चाबी लिएर गई नगर प्रहरीले खोसेको हो । ईन्स्पेक्टर भण्डारीले भने ‘स्कुटरको अर्को चाबी स्टोर रुममा थियो, त्यही चाबी लिएर गई ल्याइएको हो ।’ स्कुटर ल्याएर उपमहानगरपालिका परिसरमा राखिएको उनले बताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलालाई फोनमा यस विषयमा सोध्दा स्कुटरको बारेमा आफूलाई थाहा नभएको बताइन् ।
उनले भनिन् ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी नदिएपछि लामो समय देखि बिदामा छु, घर व्यवहार सम्हाल्दै काठमाडौँ मै छु, नगरप्रमुखले कानुन विपरीत कार्य गर्न लगाएपछि मैले हस्ताक्षर गरिन, हस्ताक्षर नगरेपछि नगरप्रमुखले जनभावना अनुरूप काम नगरेको भन्दै उहाँकै आदेश पछि जिम्मेवार विहीन भएको छु ।’स्कुटरको चाबी आफूसँगै भएको उनले बताइन् । उपमहानगरपालिकामा आफू भन्दा जुनियर तहको प्रमुख प्रशासकीय अधिकृत आएर कार्यभार सम्हालेपछि तल्लो तहको कर्मचारीको निर्देशन र अधीनमा काम लगाएर आफ्नो मनोबल गिराएको महसुस भएकोले ‘गलत सिस्टम विरुद्ध’ अदालतमा फिराद गरेको उनले बताइन् । उनका अनुसार नगरप्रमुखले व्यक्तिगत रिसइबि राख्दै राष्ट्रसेवक कर्मचारीलाई २ महिना भन्दा बढी बिदा बस्न नपाउने नियम भएपनि कानुनको उपवास गरेका छन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो