चुनावी प्रचारमा सम्बन्धित दल र उम्मेदवारभन्दा बढी दलगत पत्रकार सक्रिय

zCqnQYsJJSU

: — ओमप्रकाश गौतम —:

हिजोआज हामी हेर्छौ कि सामाजिक संजालमा जतापनि जतासुकै चुनावै–चुनावको प्रचारै–प्रचार मात्र  । यसमा पनि सबैभन्दा बढी चुनावको प्रचार गर्ने अरु कोहि नभएर राजनीतिक दलका पत्रकार मात्रै देखिदैछ, दिनदिनै । उनीहरूले प्रचार बढी गरेको देखिन्छ हुन त जेमा पनि राजनीति खेल भएकैले होला एउटा न एउटा दलमा सबैले लाग्नै पर्छ त्यो त एउटा राजनीतिक अभ्यासै हो । तर प्रचारवाजी कसरी गर्ने त ? कुनलाई बढी प्राथमिकता दिने त ? कुन मापदण्डमा राखेर गर्ने त ? प्रश्नै – प्रश्न यहाँ उठेका छन कि सबैभन्दा बढी फोकस समाचार लेख्ने, युट्युब र अनलाइन खबरबाट प्रचारगर्ने संचारकर्मीनै हुन जसले जनजनमा खबर पु¥याउछ, दिशाबोध गर्छ उनै देशको संवाहक शक्ति हुन जो स्वतन्त्र लेख्छ, वस्तु तथ्य लेख्छ । तर यहाँ यो गरेको देखिन्न मिडियाकर्मीले समाचारको श्रोत नखुलाउने, सम्बन्धित सरोकारवाला निकायलाइ जानकारी नदिने, राजनीति लेप लगाएर समाचार लुकाउने, प्रकाशित गर्नेहरुको भीड हिजोआज बजारमा देखिदैछ । न योग्यता छ, न तालिम छ, न ज्ञान छ, न श्रोत जुटाउन सक्छ, न फिल्डमा गएर सबैकुरा बुझ्छ यो सबै नबुझी समाचार लेखेको र भिडियो बनाएको कारणले गर्दा यो क्षेत्रमा समस्या उत्पन्न हुँदै गएको छ । वास्तवमा यो बनायो कसले भन्दा राजनीति दलहरुलेनै हो । आ–आफ्ना प्यानलका पत्रकार अघिपछि राख्दै दलको पत्रकार बनाएर हिडाएको छ, अर्को दलको नकारात्मक टिप्पणी गर्न लगाएको छ । हो, यहीँ कारणले गर्दा पत्रकारहरुलाई पत्याउन छोडेको छ बौद्धिक जमातले । हामी दलका भरौटे हुन पुग्यौ, यथार्थ लेखेनौ, देखेनौ । 

हामीलाई हेर्ने र चिन्ने बौद्धिक आँखाले आज हामीलाई हेर्दैन किनकि हामीलाई अझैपनि त्यही दलहरुले संजीवनी बुटी सुघाइदिएको छ र हामी प्रचार गरिरहन्छौ । हामी स्वतन्त्र आँखाले सामाजिक संजालमा लेखिएका स्ट्याटसमा लाइक, कमेन्ट हेरौ त सबैभन्दा बढी पत्रकारहरुलाइ मात्र दलको प्रचारको बिल्ला भिडाइदिएका छन, विद्दत बर्गहरुले । हुन त यो दृष्टिकोण लेख्ने ब्यक्ति पनि कुनै दलको ब्यक्ति होला तर प्रचारवाजी दलको गर्नु हुन्न भन्ने सोच राखेर लेख्छ । हाम्रो पार्टीको भन्दा नि राम्रो मान्छे हो चाहिँ स्पष्ट भन्न खुटा कमाउदैन, जीवनमा । कालोलाई सेतो कहिले भन्दैन, जीवनमै । बरु अरुबाट शिक्षा ग्रहण गरेर सत्य – तथ्य लेख्छ । यहीँ लेख्ने र देख्ने क्रममा पत्रकारहरु कस्तो हुनुपर्छ र पत्रकारिताको कार्ड झुण्ड्याएर हिडदा आफ्नो योग्यताको परिचय जनतालाई कसरी दिनुपर्छ भन्ने दिशाबोध सहित आज एउटा यस्तो बिषयबस्तु उठान गर्दैछु कि चुनावी माहोलको, जसले संघीय संसदकै मिनि निर्वाचनको सुरुवाती गर्दैछ, यही झापा जिल्लाको दमक नगरपालिकामा आगामी पुस १८ गते हुँदै गरेको दमक उद्योग बाणिज्य संघको निर्वाचनसङ्ग सम्बन्धित सत्यपरक एउटा लेख तपाईं पाठक बर्गलाई ध्यान आकृष्ट गराउन चाहन्छु, आजको मेरो लेख ।

जुन सत्यपरक छ यो लेख हेरेर पढेर आ–आफ्नो बिबेक पुर्याएर मतदान गर्नुहोला सक्कली ब्यवसायीजनहरुले । यहाँ आह्वान धेरै मतदाताहरुले गरेको देखिन्न जो मतदातै होइन, कुनै दलको प्रचारक हरुले अहिलेपनि धमाधम सिण्डिकेटका आधारमा गरिरहेकै छन । यो गर्नु उनीहरूको लागि राम्रै होला तर एउटा व्यापारी बर्गहरुको लागि गलत अर्थ नलगाउने हो भने ब्यबसायीहरु भनेका सबै पार्टी हुन कुनै एक दलीय सिण्डिकेटका होइनन । ब्यापारीहरुलाइ परेको समस्याप्रति जागरुक भएर लाग्नुपर्छ जहिले । ब्यबसायमा राजनीतिक लेप लाग्यो भने त्यसको असर सबै ब्यबसायीलाइ पर्छ । हुन त ब्यापारीहरु कुनै दलमा आवद्धता हुनैपर्छ तर पार्टीकै झोले भएर प्रचारक भने हुनुहुन्न । मुखपात्रका रुपमा हिडनु हुन्न । सबैको साझा हुनुपर्छ । दमक उवासङघले हिजोका दिनमा – “सभ्य नागरिक, समृद्ध समाज, शान्ति र अमनचयनका लागि बन्द संस्कृतिको अन्त्य गरौं” भन्ने मुल नाराका साथ हिजोका दिनमा उवासङ्घले प्रतिवद्द्ता सहित अभियान चलायो । दमक क्षेत्रको सवाललाई जोड्ने हो भने यहाँ सबैभन्दा बढी मात्रमा काम गर्ने संघ – संस्थाहरुलेनै प्रत्येक क्षेत्रमा सामाजिक, धार्मिक कामहरु गर्दै आएका छन । नयाँ – नयाँ जोस र जागरका साथमा हिजोदेखि आजसम्म युवाहरुकै मिलिमतोमा सामाजिक काम भएको कुरा घामझैं छर्लङ्ग छ । बरु राजनीतिक संरक्षणमा लागेकाहरुले सामाजिक, धार्मिक काममा बढीमात्रामा चासो राखेनन । बरु औधोगिक कार्यमा संलग्न रहेर कामगर्नेहरु दमकमा थोरै मात्रमा छन त्यो कुरा तपाईं आम ब्यबसायीहरुलाइ थाहानै छ मैले यहाँ लेखमा नाम उठान गर्न चाहिन फलानोलाइ मतदान गर्नुहोस भनेर । मान्छे चिन्ने काम हजुरहरुलाइनै छोडेको छु । चिनेर, बुझेर, गुनेर, सोचेर मतदान गर्न आहवान गरे मैले । जसले प्रत्यक्ष रूपमा जनता, उपभोक्ता, उधोगी, व्यापारी र सरकारसम्म सरोकार राखेर ब्यबसायीहरुको हक, हितका बुलन्द आवाज उठान गर्न सक्छ, वास्तवमा तिनैलाइ ब्याबसायीहरुले पहिचान गरेर अभिमत जाहेर गर्नुपर्दछ । 

राजनीतिक दलको आडमा लगेर जो चुनावी प्रचारमा हाम्रो पार्टीका उम्मेदवारले हार्नुहुन्न मत उनैलाई दिनुपर्छ भन्ने सोच राख्छ उनीहरूलाई मताधिकार प्रगोग नगरे हुन्छ । उद्योग बाणिज्य भन्नाले उद्योग, वाणिज्य, बैङकिङ्ग, वीमा, पर्यटन, यातायात, निर्माण, कृषि सेवा उद्योग र अन्य सेवाहरु जो राजनीतिसङ्ग अलग रहने संघहरुभित्र पर्दछ । तर कतिपय ब्यबसायीहरुलाइ राजनीतिक दलहरुले पार्टीको मार्का लाईदिएका छन । खासगरीकन नेपाल अधिराज्यका उधोगी व्यापारी तथा ब्यबसायीहरुको हक हितको संरक्षण तथा संवर्दन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकास गर्नु, विश्व अर्थ ब्यबसायमा आएका नूतन अवधारणा र परिवर्तनलाई आत्मसात गर्दै खुल्ला बजार अर्थतन्त्रको विकासमा महत्वपूर्ण र प्रभावकारी योगदान गर्नु, नीजि क्षेत्र तथा राष्ट्रिय अर्थब्यबस्थालाइ सबल, सक्षम, सुदृढ र आत्म निर्भर तुल्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उधोग र ब्यापारको विस्तार र विकास गर्दै उधोगी तथा ब्यापारीहरुको प्रतिनिधित्व गर्ने सर्वोच्च संघीय संस्थाको रूपमा कार्य गर्नु गराउनु यसका मुख्य उद्देश्य रहन्छ । 

राष्ट्रको आर्थिक विकासको मेरुदण्डनै उवासङ्घको क्षेत्र हुनाले सो क्षेत्रको विकास र विस्तार गरी राष्ट्रको आर्थिक विकासमा सकारात्मक परिवर्तन ल्याउन आवश्यकता अनुसार कार्य गर्ने, गराउने र उधोग वाणिज्य तथा अन्य विषय सम्बन्धी मेला  तथा प्रदर्शनीहरुको ब्यबस्था गर्नु गराउनु अनि भाग लिनु, लिन लगाउनु साथै साना तथा मझौला उधम ÷ उधोग ब्यबसायको विकास विस्तारलाइ प्राथमिकता दिएर राष्ट्रिय अन्तरास्ट्रिय सम्बन्धको विस्तार गर्ने कार्यसमेत यस संघले गर्दै आएको छ । 

यसैगरी ब्यबसायीहरुलाइ मुनाफाखोर, ठगी गर्ने, कर छल्ने जस्ता असम्मानजनक दृष्टिकोणबाट हेरिने स्थितिबाट समाजमा सम्मानित वर्गको रूपमा स्थापित गराउन सामाजिक रुपले उत्तरदायी ब्यबसायको अवधारणा ल्याउन पहलकदमी गर्नका निम्तिपनि बहुआयामिक ब्यबसायीहरुको समूहलाई जिताउनका निम्ति तमाम ब्यबसायी एक हुनु आजको आवश्यकता हो । 

पर्सि पुष १८ गते शुक्रवारका दिन  हुँदै गरेको दमक उवासंघको निर्वाचनमा विशेषत ः रेडिमेट कपडा, कस्मेटिक तथा ब्याग, मोबाइल, इलेक्ट्रोनिक्स तथा कम्प्युटर, जुत्ता चप्पल, किराना तथा खाधान्न, भाडावर्तन, सुनचादी, ग्यास, थान कपडा, अटोमोबाइल, रेमिट्यान्स, होटल, हाड्र्वेयर वस्तुगत ब्यबसायी संघ लगायतका अन्य थुप्रै ब्यबसायमा लागेका उधोगी, ब्यापारीहरुलाई यो भोट दलहरुलाइ होइन आदरणीय ब्यबसायीहरुलाई मतदान गरौं ।  देशले आर्थिक विकासको सपना देखेर अघि बढदै गर्दा अब फेरि बन्द, हडताल जस्ता विकास विरोधी क्रियाकलापहरु ब्यापार ब्यबसायमा लागेकाहरुलाइ हानी नोक्सानी नपुगोस । सरकारलाई कर, राजस्व तिर्नेहरुपनि उनै हुन । बिगतका निर्वाचित दमक उवासंघका पदाधिकारीहरुले व्यापारी बर्गका निम्ति गरेका कामहरुको उच्च मुल्यांकन गर्दै स्वतन्त्र र खबरदारी गर्ने युवा तथा शैक्षिक नेतृत्वलाई मतदान गरौं ।ब्यबसायी कुनै दलमा आवद्ध होलान तर बिजयी बन्नुपर्छ तमाम व्यापारी बर्गहरुको दलहरुको होइन ।  बिजयी हुने ब्यबसायीहरुलाइ यो कलमी अग्रिम शुभकामना ।


zCqnQYsJJSU
प्रतिक्रिया