काठमाडौं । सातदोबाटोस्थित तेक्वान्दो कवर्ड हलमा सम्पन्न सातौँ राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप प्रतियोगितामा नेपाल एपीएफ क्लब पाँच स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको छ।
प्रतियोगितामा एपीएफले पाँच स्वर्ण पदक हासिल गर्दै पहिलो स्थान सुरक्षित गरेको हो। त्यसैगरी, नेपाल आर्मीले दुई स्वर्ण पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने बागमती प्रदेशले एक स्वर्ण पदकसहित तेस्रो स्थान हासिल गरेको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी र नेपाल एपीएफका साथै बागमती, गण्डकी, कोशी तथा सुदूरपश्चिम प्रदेश गरी कुल ६ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल खेलाडीहरूलाई नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिल कुमार श्रेष्ठ, उपाध्यक्ष निराकारमान सिंह रेग्मी, उपाध्यक्ष हेल्गा राणा लगायतका पदाधिकारीहरूले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।
नेपालमा फेन्सिङ खेलको विकास, विस्तार तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो