आजको पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र ७ गते (तद्अनुसार सन् २०२३ मार्च २१ तारिख) मंगलबार घोडे जात्रा

खगेन्द्र कार्की

मेष – दिन सामान्य छ । मनमा रहेको कुनै डर हटेर काममा उत्साह बढ्ला । अनुकूल यात्राको सम्भावना छ । शुभ समाचार प्राप्त हुने योग छ । आयबल बढ्नेछ । विलासी काम बन्नेछ । आरोग्यता रहला । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन त्यति उत्साहजनक नरहन सक्छ । स्वास्थ्यमा कमजोरी रहे पनि कामको बोझ बढ्नेछ । खर्च बढ्ला । श्रमको उचित फल पनि नमिल्न सक्छ । हतारको निर्णयले काम बिग्रन सक्ने हुँदा सचेत रहनुहोस् । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – खर्च बढ्ने र स्वास्थ्य कमजोर भइ काममा अवरोध आउने समय भए पनि आफन्तको साथ मिल्ला । खुट्टा तान्नेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला । दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । तथापि, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – दिन राम्रै छ । खर्च भन्दा कमाइ नै बढी हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । विरोधिले समेत प्रशंसा गर्नेछन् । व्यापारमा पनि फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – भाग्य पनि बलियो छ । चिताएको काम सहजै बन्ला । काममा मन जानाले आर्थिक लगानी बढाउन अनुकूल समय छ । उत्साहजनक माहोल पैदा भइ मन हर्षित हुनेछ । आरोग्यता बढ्नेछ भने दाम्पत्य सुख रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आजको दिन सचेतनापूर्वक व्यवहार नगरे अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ, सचेत रहनुहोला । विरोधिहरू सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आर्थिक संकट पनि देखिएला, ध्यान राख्नुपर्नेछ । कतै यात्राको सोच बनाउनुभएको छ भने स्थगन गर्नु हितकर रहनेछ । साझेदारीको काम भने बन्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । तर जागिरमा भने आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने सम्भावना देखिन्छ ।

वृश्चिक – प्रशन्नता मिल्ने दिन छ । अल्झेको काम बन्नाले मनमा एक किसिमको उल्लास छाउला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धनलाभको समय छ । मानवर्द्धक काम बन्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – पराक्रम बढ्नेछ भने रोकिएको काम अघि बढ्ला । अधुरा काम बन्ने र नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनकोे सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – धन बढ्ने योग भए पनि आजको दिन मनमा पीडाले डेरा जमाउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । रसरागको भाव वृद्धि हुने तथा प्रेममा सफलता मिल्ने योग छ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आरोग्यता बढ्नेछ भने महत्वपूर्ण काम बन्नेछन् । मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

मीन – आजको दिन प्रशस्त लाभ हुने योग छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । अरुको विश्वास सजिलै जित्न सकिनेछ । सफलताको दर वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया