बाजुराको बाम्का बजारमा आगलागी
बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको बाम्का बजारमा शुक्रबार भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।
दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘यो समाचार तयार पर्दासम्म आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने । एक लाइनमा करिब ३०–३५ पसल थिए ।
ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए । मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ ।
महाधिवेशनको माग गर्दै तरुण दलको प्रदर्शन
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा विज्ञान गुरुङको नेतृत्व भंग गरेर महाधिवेशन गर्नुपर्ने माग गर्दै शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिएको छ । उनीहरुले पुरानो कार्यसमिति भंग र नयाँ कार्यसमितिका लागि महाधिवेशन गर्नु पर्ने माग सँगै नाराबाजी गरेका थिए । यसअघि तरुण दलले आज बृहत मोटरसाइकल ¥याली निकालेको थियो । पुरानो बानेश्वरबाट सुरु गरिएको मोटरसाइकल ¥याली सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरसम्म पुगेको थियो ।
बाथरुममा चिप्लिएर एकको मृत्यु
बाथरुममा चिप्लिएर झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । आफ्नै घरको बाथरुममा लढेका कमल गाउँपालिका वडा न. २ तोपगाछी बस्ने ९३ बर्षका नन्द प्रसाद पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पतालमा ल्याइएको थियो । बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागी उनलाई बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो ।
चार्जिङ स्टेशनमा करेन्ट लाग्दा यादवको मृत्यु
सीटी सफारी चार्ज गर्न बनाइएको चार्जिङ स्टेशनमा करेन्ट लागेर विराटनगरमा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ हाटखोलामा रहेको स्टेशनमा सीटी सफारी (ई–रिक्सा) चार्ज गर्ने क्रममा यादवलाई बिहीबार दिउँसो ३ः१५ बजेतिर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । उक्त चार्जिङ स्टेशन कमलदेव यादवले सञ्चालन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो