इटहरी ।३७ अैा विश्व एड्स दिवसकाे अवसरमा इटहरी उपमहानगरपालिकाका एचआईभी संक्रमित ४० बिपन्न घरपरिवारलाई एकजना बराबर ५ हजार मुल्यको खाधन्य सामाग्री बितरणका साथै ६ जना बालबालिकालाई पाेषण भत्ता बितरण गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पाैडेलकाे प्रमुख आतिथ्यतामा बिहान प्रभातफेरी कार्यक्रम गरि दिउसाे इटहरी पस्चिमलाईनमा एचआईभी एड्स सम्बन्धि जनचेतनामूलक नाटक,नृत्य गर्नका साथै बेलुका साझमा इटहरीको मुख्य चाेकमा एचआईभी संक्रमित भई मृत्युहुनुहनेहरुकाे चिरसान्तिकाे कामना गर्दै दिपप्रज्वलन गरिएको थियाे ।
त्यसै गरि कार्यक्रममा माइती नेपाल सुनसरीले मानव बेचबिखनमा परेकाहरुकाे उद्वार तथा स्वदेश फिर्ती र सामाजिक पुनरस्थापनाकाे लागि हस्ताक्षर अभियान पनि गरिएको थियाे,याे हस्ताक्षर अभियान १६ दिन सम्म गरिने र सरकारलाई बुझाउने सुनसरीका कार्यक्रम संयाेजक सुनीता कार्कीले बताइन ।
एचआईभी संक्रमितहरु पहिलाको तुलनामा घट्दै गएकाे याे नियमित रुपमा अैासधी सेवन गरे सामान्यरुपमा लामो समय सक्म जिबनयापन गर्न सकिने आम्दा नेपाल इटहरीका प्रमुख राेहित उराउले जानकारी गराए ।
इटहरी उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा आम्दा नेपाल,माइती नेपाल,मानव कल्याण समाज,महिला सहयाेगी समूह,प्रयास महिला समूह,आस्था फाउण्डेसन,रिकभरी नेपाल,जागरण आराेग्य समुह लगायत विभिन्न संघसंस्थाकाे समन्वय र सहकार्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो