झापा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति झापाको अध्यक्षमा पुनः विनोद सापकोटा निर्विरोध चयन भएका छन्।
झापाको दोमुखामा सम्पन्न २३ औ बार्षिक साधारणसभा तथा १३ औ जिल्ला अधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको हो।
निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन खनाल, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम र द्वितीय उपाध्यक्षमा सन्तोष बुढाथोकी, सचिवमा चन्द्रमणि घिमिरे (चन्द्र) र उपसचिवमा निर्मला भण्डारी यादव चयन भएकी छन्।
त्यसैगरी पदाधिकारीतर्फ सन्तोष बुढाथोकी र दुर्गा प्रसाद घिमिरे जिल्ला सदस्यबाट पदाधिकारीमा सर्वसम्मत चयन भएका हुन्। सदस्यहरूमा बबिता पौड्याल, सुनिता उप्रेती, प्रदीप कुमार चौधरी, खेमराज श्रेष्ठ, शत्रुघन जैसवाल, विनोद खतिवडा, गौरीप्रसाद चौलागाईं, मनिष खतिवडा, ईश्वरीप्रसाद नेपाल, शंकरप्रसाद पाण्डेय, मिलन चापागाईं र अशोक पोखरेल सर्वसम्मत चयन भएका छन्।
अधिवेशनले लेखा समितिको संयोजकमा मनकुमार चौलागाई र सदस्यमा सोम अधिकारी र मोहनप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो