इटहरी । रास्वपा सांसद सोविता गौतमले सरकारले संसदीय प्रक्रिया मिचेर बहुमतको आडमा विधेयक पारित गराएकोमा आपत्ति जनाएकी छिन् । सरकारले संसदीय विधि र प्रक्रिया मिचेर आइतबार प्रतिनिधिसभाबाट विधायन व्यवस्थापन विधेयक बहुमतबाट पारित गराएको थियो ।
कानुन समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदनउपर कानुनमन्त्रीले केही प्रावधान खुकुलो बनाउन आफूखुसी संसदमा संशोधन प्रस्ताव राखेका थिए । जुन संसदीय अभ्यासविपरीत थियो ।
कानुन समिति सदस्य रहेकी सांसद गौतमले प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै यो संसदीय इतिहासको कालो दिन भएको बताइन् ।
‘हिजो विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानुन समितिले विस्तृत रूपमा छलफल गरी, कानुनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव ग¥यो। तर, सत्तापक्षका एक सांसदले प्रस्ताव गरेको संशोधन स्वीकृत गरिएको भन्दै जनताको आँखामा छारो हाल्ने काम गरियो। यो संसदीय इतिहासमा एउटा अत्यन्त गलत नजिर स्थापित भएको छ,’ उनले भनिन् ।
अब समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएको उनको भनाइ थियो । ‘यो गलत नजिर स्थापनाका कारण संसदीय अभ्यासमा हस्तक्षेप भएको छ, जसले संसदीय इतिहासमा यो दिनलाई कालो दिनका रूपमा दर्ज गराएको छ। आमजनता यसलाई हेरिराखेका छन्, किनकि हाम्रा सबै कामहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा पर्छन् । विधिविपरीत कुनै काम नहोस्, र गलत नजिर स्थापना गर्ने कार्य यो सदनबाट नगरियोस्,’ उनले भनिन् ।
गलत नजिर स्थापनाका विरुद्ध आवाज उठाउन तथा यसको साक्षी हुने सबैको सचेतनाका लागि यो विषय उठान गरेको उनले बताइन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो