पाठकको पुर्पुरो : वि.सं. २०८० श्रावण १२ गते (तद्अनुसार सन् २०२३ जुलाई २८ तारिख) अधिक श्रावण शुक्लपक्ष दशमी तिथि

खगेन्द्र कार्की



मेष – भाग्योदयको समय रहेको छ । व्यापार तथा उद्योगमा लाभ मिल्नुका साथै प्रतिस्पर्धीहरू पछि पर्नेछन् । तपाईंको कामको उच्च मूल्याङ्कन हुनेछ । प्रशंसकहरू पनि बढ्नेछन् । पारिवारिक सुख मिल्नेछ । साहसिक एवम् मानवर्द्धक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – दिन सुखद रहला । रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, समयको उपलब्धि हात पार्न विशेष सचेत भने रहनुपर्ला । अधुरो काम सम्पन्न होला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै परोपकारजन्य कार्यमा संलग्न हुने योग छ । आरोग्यता एवम् प्रेमभाव बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने योग रहेकोले विशेष सचेतना अपनाउनु हितकर होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने सम्भावना रहेकोले अरुको कम मात्र भर पर्नुहोला । कतै सामान्य विवादमा पर्न सकिनेछ, सावधान रहनुहोला । काममा जाँगर खासै चल्नेछैन । जोखिम बढ्नेछ भने दौडधुप गर्नुपर्ला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । जगिरमा समस्या आउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – व्यस्तता बढ्नेछ तर मनोकूलको काम बन्ने समय छ । दिन उत्साह र मनोरञ्जनपूर्ण रहला । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आज कतै यात्रा गर्नुपर्ने काम छ भने सकभर थाती राख्नु हितकर हुनेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखद रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – समय फलदायी रहला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन् । कामको तारिफ हुने र दिगो फाइदा हुने काम सुरु हुने योग छ । उत्साहजनक समय रहनेछ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । आफन्तको साथ प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आज नगर्नु हितकर हुनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । बाध्यताका काममा जुट्नुपर्ला । धेरै बोल्दा अप्ठ्यारोमा पर्न सकिने योग रहेकोले संयमता अपनाउनुहोला । आर्थिक काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन उत्साहपूर्ण रहला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनलाभको योग छ । प्रेमको प्रसंग पनि सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफुभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर होला । यात्रा सुखद रहला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – गरिआएको कामबाट फाइदा हुने तथा धनलाभको समय छ । प्रयासलाई जारी राख्नुहोला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । यात्राको योग रहेको छ । परिवारमा खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउने, अध्ययन-अध्यापनमा सफलता मिल्ने समय भएपनि व्यावसायिक काममा भने विभिन्न समस्या आउन सक्छन् । आजको दिन सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएका कामहरू बिस्तारै बन्न थाल्नेछन् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । नियमकानूनले साथ दिनेछ । खेलकूद एवम् भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – आजको दिन सोचेअनुसार काम बन्न कठिन हुने देखिन्छ । मीठो खानाको आनन्द मिल्ले पनि खर्च भने बढ्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ पर्ला । तथापि, कर्मबल वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – शुभता वृद्धि हुने दिन छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अध्ययनमा चाहिँ खासै समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने देखिन्छ । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया