अन्ततः कुलमान घिसिङ बर्खास्त

खगेन्द्र कार्की

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको मन्त्रिपरिषद निकट  स्रोतको दावी छ । यसअघि मन्त्रिपरिषबाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । र घिसिङले जवाफ पनि लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै कुलमान तारो बनेका थिए । त्यो अन्ततः आजको मन्त्रिपरिषद्बाट पुरा गरेका छन् । पटक पटकको प्रयासमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । घिसिङको पदावधि आगामी साउनमा सकिँदै थियो । 

खगेन्द्र कार्की
प्रतिक्रिया