छात्रवृत्तिका लागि व्यवसायी, पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेलले दिए ५१ लाख

खगेन्द्र कार्की


इटहरी ।  इटहरीका उद्योगी व्यापारी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न ५१ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने भएका छन् ।
शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनका क्रमममा अक्षयकोष खडा गर्ने घोषणा गरेका हुन् ।
पौडेलले राख्ने अक्षयकोषबाट चाडैँ कार्यविधि बनाएर रकम प्रदान गरिने जानकारी दिइयो । धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी झरेका पौडेल दृढ संकल्पका साथ व्यापारमा लागेकैले गर्दा पछिल्लो समय नामुद भएका छन् ।
उनले केही हदसम्म अकल्पनीय सफलता हात पारेका छन् ।
२१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको व्यापार थालेका पौडेल २०५६ सालदेखि इटहरीमा व्यवसाय गरिरहेका छन् ।
केही समय सरकारी जागिर खाएको पैसा र केही ऋणसहित १० हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेका उनी आफ्नो व्यवसाय बढाउदै अहिले पूर्वी नेपालमै गनिने उद्यमी भएका हुन् ।
नुनको व्यापारसँगसँगै ढुवानी व्यवसाय गरेका पौडेल क्रसर र निमार्ण व्यवसायबाट चम्किएका हुन् । उनी अहिले यी व्यवसायसँगै इटहरीमा सोल्टी होटल सञ्चाललन गरेका छन् ।
तालतलैया नजिकै झन्डै ४० करोडको लागतमा नमूना पार्क सञ्चालन गरेका छन् । अरु थुप्रै व्यवसायमा वितरकका रुपमा पनि स्थापित छन् ।
२० वर्ष अघि उनी नुनका बोरा ट्रकमा लोड(अनलोड गर्थे । अहिले पौडेल व्यक्तित्वले होइन नभएर व्यवहारले, सम्पन्नताले नभएर संस्कारले उचाइ तर्फ लम्की रहेका व्यवसायी हुन् ।
समाजले सानो भन्ने गरेको कामलाई पनि सम्मानका साथ अङ्गालेर आफ्नै देशमा हजारभन्दा बढीलाई रोजगारी दिएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया