दमक । आर्थिक वर्ष २०८१/०८२ मा दमक नगरपालिकाले बजेट खर्चको आधा रकम पनि खर्च गर्न नसकेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत अर्धवार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत विवरणले देखाएको छ । यद्यपि कतिपय सम्झौता भएका, कति चालु रहेका र कतिपय सम्पन्न हुने अवस्थामा रहेको कारणले समयसीमाभित्रै पूर्ण बजेट कार्यान्वयन हुनेमा नगरपालिका ढुक्क रहेको देखिन्छ ।
दमक नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम बोल्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज कार्कीले सो कुरा बताएका हुन । कार्कीका अनुसार दमक नगरपालिकाले गरेका चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षाका क्रममा भए गरेका खर्चहरु विवरण कार्यकारी प्रमुख गणेशराज कार्कीले राखेका हुन । उनले चालुआर्थिक वर्षको हालसम्मको अवस्था, चुनौति, चुनौति चिर्ने प्रयास र प्रयत्न अनि नविन प्रयत्नहरुका बारेमा बताएका थिए ।
कार्कीका अनुसार चालुतर्फ ७९ करोड बजेटमध्ये ३१ करोड अर्थात ४० प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ ८३ करोड बजेटमा करिब २३ करोड अर्थात २७ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइयो । १ अर्ब ६२ करोड बजेटमा ५४ करोड अर्थात साढे ३३ प्रतिशत खर्च भएको जानकारी गराए ।
वडागत खर्चको विवरण अनुसार वडा नं. ९ ले चालुतर्फ सबैभन्दा बढी खर्च गरेको देखिएको छ । जसमा उक्त वडाले विनियोजन बजेटको ४१ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ सबैभन्दा बढी खर्च वडा नं. ७ ले खर्च गरेको छ । जसले ५०.६९ प्रतिशत खर्च गरेको छ । सबैभन्दा कम खर्च गर्नेमा वडा नं. १ परेको छ । यद्यपि कामहरु भईरहेको खर्च हुने प्रक्रियामा रहेको पनि बताइएको छ ।
यसैगरी राजश्वतर्फ आर्थिक वर्ष ०७९/०८० मा २० करोड ८६ लाख अनुमान १४ करोड ४६ लाख रुपैयाँ उठाउन सफल भएको बताए । ०८०/०८१ मा २० करोड १४ लाख उठाउने लक्ष्य रहेकोमा १७ करोड रकम उठेको थियो । ०८१/०८२ मा ३२ करोड ८ लाख ३२ हजार १ सय ४५ रुपैयाँ उठाउने लक्ष्य रहेकोमा १२ करोड ११ लाख १७ हजार अर्थात् ४८ प्रतिशत रकम माघ मसान्तसम्ममा उठाइएको छ । कार्यकारी प्रमुख कार्कीका अनुसार राजश्वको अवस्था विगतको हिसाबले तुलनात्मक रुपमा सन्तोषजनक रहेको अवस्था रहेको बताए । आन्तरिक राजश्व संकलनका क्रममा नगर र वडालाई दिइएको तार्गेट अनुसारले रकम संकलन भएको छ । तार्गेटको हिसाबले वडा नं. ५ ले ५५ प्रतिशत बढी रकम प्रतिशतका आधारमा संकलन गर्न सफल भएको छ भने रकमका आधारमा वडा नं. ६ ले सबैभन्दा बढी राजश्व संकलन गरेको छ । २ करोड २ लाख ११ हजार ६ सय २२ रुपैयाँ सो वडाले रकम संकलन गरेको छ । यद्यीप अन्य वडाहरुले पनि ४० प्रतिशत बढी राजश्व उठाएका छन् । राजश्व शाखाबाट वार्षिक रुपमा ९ करोड ४५ लाख ५२ हजार ७ सय ८० रुपैयाँ उठाउने लक्ष्य रहेकोमा हालसम्म ४ करोड ५९ लाख १६ हजार ७ सय साठी रुपैयाँ अर्थात ४९ प्रतिशत राजश्व संकलन भएको छ । यस्तै आन्तरिक राजश्व संकलनका लागि अभियान कै रुपमा अगाडि बढाएर राजश्व संकलन गरिएको थियो । जसमा १८ लाख ७६ हजार ४ सय ७ रुपैयाँ संकलन भएको छ । अभियानका क्रममा २५४ वटा नयाँ पसल दर्ता भएका छन भने १६ सय व्यवसायको अनुगमन गरेको छ । यस्तै अनुगमनका क्रममा २२ वटा बन्द भएका छन् ।
यसैगरी नगरपालिकाभित्र ठूला ठूला खोला भए पनि दुई वटा पालिकाको संयुक्त रकम संकलन हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको छ । खासै आम्दानी नदेखिएको ढुंगा गिटीबाट देखिएको रकम मावा खोलाको आम्दानी दमक र मिक्लाजुङ नगरपालिकाको रहेको र २ करोड ५९ लाख ८ हजार बढी रकम देखिएकोमा भ्याट सहितको आधा रकम दमकलाई आउने र त्यसको भ्याट संघीय सरकारलाई जाने, ४० प्रतिशत प्रदेशलाई जाने हुँदा बाँकी ५० लाखको हाराहारीमा नगरपालिकामा रहने कार्कीले बताए ।
भौतिक पूर्वाधारतर्फ चालुतर्फ ३५१ आयोजनामा प्रक्रियामा रहेका २० वटा, सञ्चालनमा ९० वटा, सम्पन्न ६२ र सम्झौता नभएको १७९ वटा रहेका छन भने उपभोक्ता समितिमार्फत ८८ वटा, ठेक्का प्रक्रिया मार्फत ८४ वटा रहेका छन् । १२० किलोमिटर कालोपत्रे रहेकोमा १८ किलोमिटरमात्र भएको छ ।
यसैगरी भौतिक पूर्वाधार क्षेत्रकै कुरा गर्ने हो भने दुई ठूला परियोजना समेत सञ्चालनमा रहेका छन् । ५० करोडको हाराहारीका ति परियोजना मध्येको एउटा हो मदनडाँगी–ताराबारी–डिपु सडक विश्वबैंकको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको छ । जसको ६९ प्रतिशत काम सम्पन्न भईसकेको छ । नेपालका १७ वटा स्थानीय तहमा विश्व बैंकको लगानीमा सहरी विकास मन्त्रालय भवन विभाग मार्फत भईरहेको काम अबको साढे ३ महिनाभित्रमा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । ति १७ नगरपालिका मध्येबाट समयसीमाभित्र सम्पन्न हुने अवस्थामा पुगेको सडक भनेको दमकको मात्र रहेको र दमक नगरपालिका यस क्षेत्रबाट अवार्ड पनि भईसकेको कार्यकारी प्रमुख कार्कीले बताएका छन् । करिब ४५ करोडको लगानीमा बन्दै गरेको सपिङ महलमा मुद्दा परेर पनि जितिसकेपछि त्यसको निर्माण कार्य भईरहेको नगर विकास कोषसँगको साझेदारीको परियोजनाको १५ प्रतिशत भौतिक प्रगति भइसकेको र १२ प्रतिशत वित्तिय प्रगतिको भएको छ ।
विद्यालयमा व्यापक सुधार भएको सबै सामुदायिक विद्यालयलाई सिसि क्यामेरामा जडान गरेर अनुगमन भईरहेको बताइएको छ ।
यसैगरी, नगरपालिकाकलो ५० वटा घरको निःशुल्क नक्सा डिजाइन गरेको छ । त्यसैगरी कृषिमा छुट्याएको ७० लाख बजेट छुट्याइएको हालसम्म भौतिक प्रगति ५१.५ प्रतिशत र वित्तिय प्रगति २५ प्रतिशत भएको छ । यस्तै नगरपालिकाले फापर खेतीलाई प्रवर्धन सहित उत्पादनमा अनुदानको कार्यक्रम ल्याइएको छ ।
कानुनमा १२३ वटा उजुरी परेकोमा ९३ वटाको व्यवस्थापन भएको र ३० वटा विवादको व्यवस्थापन हुन बाँकी रहको छ । सबैभन्दा बढी उजुरी लेनदेन (जग्गा विवाद र अंश)को रहेको छ ।
नयाँ क्षयरोगीको संख्या १०१, कुष्ट रोगीको संख्या १०, नयाँ एचआईभी पोजेटिभ १७ जना रहेका छन्, पाठेघरको मुखको क्यान्सरको ४३६ जनाको भिआईए परिक्षण गर्दा ७ जना पोजेटिभ भेटिएको छ । महिलाको आङ खस्ने समस्या २०९ जनामा परिक्षण गर्दा ८२ जनामा समस्या देखिएको छ । १२३ जनालाई कडा रोग लागेकोमा मुटुसँग सम्बन्धित २८ जना, क्यान्सर ४३ जना, किड्नी ३५ जना र टाउकोसम्बन्धी ७ जना रहेका छन् । २८३ जनाले शसक्तहरुले मासिक ५ हजार भत्ता पाइरहेको जानकारी पनि गराइएको छ । बालबालिकको सहुलियत र निःशुल्क उपचारका लागि कियोच बाल अस्पतालसँगको सम्झौता बमोजिम नगरपालिकाले वार्षिक २५ लाख दिने गरी सम्झौता भएको जानकारी पनि गराइएको छ ।
नेपाल सरकारसँग बीमा वापत पाउनुपर्ने २२ करोड भन्दा बढी रकम भुक्तानी हुन बाँकी छ । सो रकम अब आउने र नआउनेमा अन्योल छाएको पनि कार्यक्रममा बताइएको छ । मन्त्रीले सार्वजनिक स्थलबाटै सो रकम भुक्तानी गर्न नसकिने बताइएरहेको बेलामा सो रकमको भुक्तानी अनिश्चित बन्नु चिन्ता जनक रहेको बताइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो