झापामा डेंगी संक्रमित हजार नाघे, दुईको मृत्यु

फाष्ट मिडिया नेपाल संवाददाता

दमक । कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेंगी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारीऔ– ३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड– ४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेंगीको एक जना पनि संक्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको संक्रमण भएको छ। यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुंगामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चार जना र तेह्रथुममा दुईजनामा डेंगी संक्रमण भएको पाइएको छ ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेंगी संक्रमण भइसकेको थियो ।

झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको संक्रमण भेटिएको छ। त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँच जनामा डेंगीको संक्रमण भेटिएको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया