मोरङ्ग । सेकाहा गाँउ संखुवाशभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं ४ को भाङ्खर्कमा पर्छ। विषेशगरी सेकाहा गाँउमा गुरुङ जातिको बाहुल्यता रहेको छ। यो क्षेत्र विषेशगरी गुरुङ कला, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लागि परेको देखिन्छ। सेकाहा सांस्कृतिक र भौगोलिक बनावटका कारण पनि अत्यन्त रमणीय छ।
सेकाहाका स्थानीयले विषेशगरी कृषि, राडीपाखी गरी आफ्नो जीविकोपार्जन गरिरहेका छन्। यसै कारण पनि सेकाहा गाउँको अस्तित्व आज सम्म पनि जोगिएको छ। स्थानियले कृषिमा पनि विशेष गरी आलु, मुला, स्कुस लगायत तरकारी खेती गर्छन्। साथै भेडा, खसि बाख्रा, भैंसी लगायत पाल्ने गरेका छन्। उनिहरु खेतीमा पनि परम्परागत शैलीमा हलो र जुवाको प्रयोग गरी गोरुले खेत जोत्ने गरेका छन्।
भेडाको उनबाट बनाइने राडी पनि यसै सेकाहा गाउँका स्थानीयहरुको प्रमुख पेशा हो। उनिहरूले बनाएको राडी नेपालमा मात्र नभएर विभिन्न देशहरूमा अमेरिका, जापान, युके लगायत अन्य मुलुकमा पनि व्यापार हुने स्थानीय पोक्चि माया गुरुङले जानकारी दिएकी छन् ।
स्थानीयहरूले उत्पादन गरेको तरकारी तथा राडी संखुवाशभा जिल्लाको सदरमुकाम खाँदबारीमा लगी बेच्ने गरेका छन्। कच्ची सडक भएका कारणले उनिहरु व्यापारका लागि पैदल हिँडेर खाँदबारी बजार सम्म पुगेर व्यापार गर्छन।
स्थानीयको आर्थिक अवस्था वृद्धि गर्न भाङ्खर्क सामुदायिक होमस्टे पनि सञ्चालनमा छ। जसको अध्यक्ष भीम प्रसाद गुरुङ हुन्। उनले स्थानीयहरुलाई रोजगारी समेत उपलब्ध गराई व्यवस्थित रूपमा पर्यटकहरुलाई स्वागत तथा सेवा प्रदान गर्दै आएको बताएका छन्।
तस्बिरमा सेकाहा गाउँ :-
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो