नगरप्रहरीले जथाभावी पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्वील लक लगाएपछि एक युवकले सोही मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाह प्रयास गरेका छन् ।
काठमाडौं महानगरपालिका त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका हुन् । प्रारम्भिक जानकारीअनुसार उनले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए । घटनालगत्तै त्यहाँ रहेका सुरक्षाकर्मी र सर्वसाधारणले आगो निभाएर उनको उद्धार गरेका थिए । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार गणेशको शरीरको करिब ६५ प्रतिशत भाग जलेको छ । उनको सघन उपचार भइरहेको छ ।०००लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो । निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ । राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन् ।००कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा सवारी साधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो ।दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए । सोही दुर्घटनामा पिकअपमा सवार सिराहा लहान नगरपालिका घर भई विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोष कुमार साह घाईते भएका छन् ।००पूर्व बालसेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । माओवादी द्वन्द्वका क्रममा प्रयोग गरिएका बालसेनालाई ‘अयोग्य’ भन्न नपाइने सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गर्न नागरिक समाजले सरकारको ध्यानाकर्षण गराएको हो ।उनीहरूले सर्वोच्चको आदेशअनुसार ‘अयोग्य’ र ‘बहिर्गमित व्यक्ति’ शब्द हटाई द्वन्द्वकालीन बालसेनालाई ‘बाल सैनिक’का रूपमा मान्यता दिन, ऐन संशोधन गर्न तथा बालसेनाको प्रयोगलाई मानवअधिकारको गम्भीर उल्लंघन मानी छानबिन गर्न माग गरेका छन् ।०० ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।उक्त कार्यक्रमअन्तर्गत सिंहदेवी आधारभूत विद्यालय, मेरिङ्देन–२, सान्थाक्रा प्रथम भएको छ । यस्तै, चण्डीडाँडा आधारभूत विद्यालय, मेरिङ्देन–४, लिङ्तेप द्वितीय र पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङ तृतीय भएको छ ।छनोट भएका विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार बराबरको पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उक्त पुरस्कार रकम सम्बन्धित विद्यालयको खातामा कर कट्टी गरी पठाइनेछ ।००सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उपचारमा संलग्न चिकित्सकहरूले सुरुमा दिएको सुझावअनुसार नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरिएको थियो ।यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं अहोरात्र खटिएका थिए । साथै सरकारले जलनका बिरामी नेपालीका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट ब्यहोर्ने निर्णयसमेत गरिएको थियो ।वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको हो ।चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचारका लागि भारत लैजान सुझाव दिएका छन् । यसैबीच नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ।००००फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको छ।अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको हो।००००राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराति विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३’, ‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।००००नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् ।कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।००००नेकपा (एमाले) को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।००००सातामा दुई दिने सार्वजनिक बिदा र दुरुपयोग भएका सरकारी सवारी खोस्ने सरकारको निर्णयका कारण देशको झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा जोगिएको छ ।इन्धन खपत घटाउन सरकारले गत चैत २२ गते हप्तामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो, जुन चैत २३ गतेदेखि लागू भयो ।००००नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कारबाही सिफारिस पुनरवलोकन गर्न माग गरेका छन् ।आयोगले गरेको निर्णय नम्बर १७७ मा आफू र तत्कालीन मन्त्रिपरिषद्का केही सदस्यविरुद्ध २०८२ भदौ २३ र २४ गतेका घटना सम्बन्धमा गरिएको सिफारिस संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय कानूनी मान्यताविपरीत रहेको दाबी गर्दै उनले पुनरवलोकनका लागि निवेदन दिएका हुन् । उक्त निर्णय सच्याउनुपर्ने ओलीको माग छ ।००००सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त)ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।समितिको बिहीबार बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा। राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।००००राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्याबारे आफू गम्भीर रहेको बताएका छन् । बिहीबार संसद् भवन सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीका प्रश्नको संक्षिप्त जवाफ दिँदै सभापति लामिछाने सुकुम्बासी समस्याबारे आफू धेरै गम्भीर रहेको बताएका हुन् ।
२६ असार २०८३, शुक्रबार ०९:३२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो