भोक्राहा नरसिंह गाउँपालिकामा पिछडावर्ग (ओबीसी) जयप्रकाश ठाकुरको अध्यक्षतामा कार्यसमिति चयन

फाष्ट मिडिया नेपाल संवाददाता

भोक्राहा । नेपाल पिछडावर्ग (ओबीसी) को भेलाबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा १५ जना सदस्यको गाउँ कार्य समिति गठन गरिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा  पिछडावर्ग भेला कार्यक्रमको आयोजना बाट नेपाल पिछडावर्ग (ओबीसी) पालिका  अध्यक्षमा जय प्रकाश ठाकुर ,उपाध्यक्ष रेखा गुप्ता, सचिव पंकज यादव  लगायत १५ जना सदस्य चयन गरेको छ । त्यसै गरि जिल्ला समितिमा नेपाल पिछडावर्गको भेलाबाट सुनसरी जिल्ला मा १५ जना सदस्यको जिल्ला कार्य समिति गठन गरिएको छ ।

पिछडावर्ग भेला कार्यक्रमको आयोजनाबाट नेपाल पिछडावर्ग (ओबीसी) जिल्ला सभापति पदमा आलम अन्सारी मिया हाल भोक्राहा नरसिंह वाड नं २ को अध्यक्ष र जिल्ला उपसभापति राजु प्रसाद ठाकुर र जिल्ला सचिव राजेश पाल र जिल्ला कोषाध्यक्ष परवीन कुमार मेहता लगायत चयन भएका छन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया