दमक, ६ चैत । जिल्लाकै ठुलो दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका बस्नेतले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले ६६८ ल्याएर निर्वाचित हुदाँ प्रतिष्पर्धी अधिकारीले ६२४ मत प्राप्त गरे ।
नेविसंघका आधिकारिक अध्यक्षका उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । अध्यक्षमा स्वतन्त्र समूहकी रश्मी उप्रेती, दीपक लिम्बू, पर्वत बस्नेत, पेमा डोल्मा तामाङ र प्रविणा भट्टराईसहितका ८ जना उम्मेदवार प्रतिष्पर्धी थिए । सचिवमा राजेश खड्का (८१२ ) र कोषाध्यक्षमा ९९७ मत प्राप्त गरि प्रिती मगर निर्वचित भए । निर्वाचित दुवै अनेरास्ववियूका हुन् । यसैगरि, सदस्यहरुमा आरती बाँस्कोटा (६३१),एन्जिना राई (१०१४ ),दुर्गा पौडेल ( ६६९ ) ,प्रशान्त ताजपुरिया (६३३),प्रासना भट्टराई (८३९ ),प्रितम पौडेल (६५२ ) ,युनेश न्यौपाने (६६५ ) र स्मारिका श्रेष्ठ (६७८ ) मत गरि निर्वाचित भएका हुन् ।
यस्तै, समानुपातिकतर्फ अनेरास्ववियूले (६०४) ,नेविसंघले (४६१ ) , अखिल क्रान्तिकारीले १९३, राप्रविसंगठनले २२९,समाजवादी विद्यार्थी युनियनले १२५ , हामी स्वतन्त्र छौं समूहले १५८ ,संघीय विद्यार्थी युनियनले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ३७०३ मत रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो । खसेको मत मध्ये १३ मत बदर भएको थियो ।
बिर्तामोडको दुईवटै क्याम्पसमा नेविसंघ विजयी
बिर्तामोड । बिर्तामोडको दुईवटै क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ ।
कन्काई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले ४७५ मत ल्याएर विजयी हासिल गरिरहँदा उनका प्रतिष्पर्धी अखिल क्रान्तिकारीका नवीन पौडेलले मात्र ८७ मत पाएका छन् ।त्यस्तै सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।
सचिवमा नेविसंघका मनिश कोईराला ४७६ मतसहित बिजयी हुँदा अखिल क्रान्तिकारीका अनिल अधिकारीले मात्र ६४ मत ल्याएका छन् । त्यस्तै कोषाध्यक्षमा नेविसंघकी मेघा चबेगु लिम्बूले ३३५ मतसहित जित हासिल गरिरहँदा अखिल क्रान्तिकारीकी जानकी भट्टराईले ५२ र अनेरास्ववियूका किशोर खत्रीले १३६ मत प्राप्त गरेका छन् । कन्काई क्याम्पसमा जम्मा मत संख्या १५०२ रहेकोमा मात्र ५८० मत खसेको थियो । त्यस्तै बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसमा पनि नेविसंघको प्यानल निर्वाचित भएको छ । नेविसंघका श्रीजित ढुंगाना ३४० मतसहित सभापतिमा बिजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारी र राप्रबिस गठबन्धनका प्रज्वल कडरियाले १०९ र अनेरास्ववियूका आकाश थापाले १९७ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा नेविसंघका पवन अधिकारी २६१ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनमा सन्जु विशंखेले १२७ र अनेरास्ववियूका शितल खनालले २५२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा नेविसंघकी – एरिना थापा २५६ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारी र राप्रविस गठबन्धनका मचिन्द्र राईले १७१ र अनेरास्ववियूकी प्रबिना वाग्लेले १९८ मत हासिल गरेका छन् । त्यहाँ जम्मा मत संख्या १०९३ रहेकोमा मात्र ६७० मत खसेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो