मेष – आज तपाईंको बौद्धिकता तथा तार्किक क्षमताले सम्मान दिलाउने योग भए पनि साँझदेखि अधीर व्यवहारका कारण समस्या निम्तिन सक्छ । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउनुका साथै आशा देखाउनेहरूले धोका दिन सक्छन् । सचेत रहनुहोला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
वृष – आजको दिन स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन – समय चुनौतीपूर्ण छ । तथापि, प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । वैरभाव राख्नेहरूले हार खानेछन् । कार्यक्षमता वृद्धि हुनेछ । सन्तानबाट सुख प्राप्त भइ आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – अर्थ संग्रहमा बाधा पुग्ने समय छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । कार्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने दिन छ ।
सिंह – दिन शुभकारी छ । रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूले हार खानेछन् । कर्मप्रति लगनशील बन्दा दीगो फाइदा उठाउन सकिनेछ । सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।
कन्या – शुभता र पराक्रम वृद्धि हुने दिन छ । कर्मबल बढ्नेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला, तर आजको दिन कीर्तिमानी काम सुरु गर्ने योग छ । धेरैले साथ दिनेछन् । आकस्मिक रुपमा धनको लाभ हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिएला । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समयको लाभ उठाउन विशेष प्रयासरत रहँदा हितकर हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो कसिने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – कर्मबल वृद्धि हुने दिन छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न हुनेछ । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन होला । सोख पूर्तिका लागि आज केही खर्च बढ्न सक्छ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । काम बिग्रने भयले सताउनेछ भने शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।
मकर – प्रेमभाव बढ्नेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आयस्रोत बढ्ला ।
कुम्भ – दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । र पनि, काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन्, सचेत रहनुहोला । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
मीन – पराक्रमकाच साथै शुभता बढ्ने दिन छ । प्रशस्त लाभ मिल्ने समय भए पनि इर्ष्या गर्नेहरूले फसाउन सक्छन्, सजगता अपनाउनुहोला । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गरे सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो