फिफा महिला वरियतामा नेपाल एक स्थान खस्कियो

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । फिफा महिला वरियतामा नेपाल एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झरेर १००औं स्थानमा पुगेको छ ।

यसअघि ९९औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ०.१२ अंक घटेर नयाँ वरियतामा १००औं स्थानमा झरेको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल २०औं स्थानमा छ ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो । त्यसपछि चार स्थान सुधार गरेर ९९औं स्थानमा पुगेको नेपाल फेरि एक स्थान खस्किएको हो ।

त्यसपछि नेपालले थाइल्याण्डसँग २ मैत्रीपूर्ण खेल खेल्दा पराजित भएको थियो ।

फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रोमा यथावत् छ । ब्राजिल चौथोमा उक्लँदा इंग्ल्याण्ड पाँचौंमा झरेको छ । एसियाली राष्ट्र जापान २ स्थान खस्किएर सातौंमा पुगेको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया