फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।
पक्राउ परेका कटुवाल माथी सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।
२६ चैत २०७९, अाईतबार १०:१६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो