दमकमा ४ वर्ष अगाडि स्थापना भएको कूलतमा लागेका दमकका मानिसहरुलाई सुधारेर पुनस्र्थापना गर्ने र तिनीहरुलाई आयआर्जनसम्म जोड्ने उद्देश्यका साथ स्थापित सुधार गृहका रुपमा खोेलिएका संस्थाले महिला सुधार गृहमा वार्षिकोत्सव मनाएको छ । पुरुषका लागि खोलिएको संस्थाले ४ वर्ष पुरा गरेको छ भने महिलाका लागि खोलिएको सुधार गृहले १ वर्ष पार गरेरको सन्दर्भमा उक्त वार्षिकोत्सव मनाइएको छ । त्यहाँको अवस्थालाई हेर्ने हो भने निकै डरलाग्दो देखिन्छ । भर्खर १५÷१६ टेकेका किशोरीदेखि ६० कटेकाहरु समेत कूलमा फसेका छन् । सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा आयोजित सो कार्यक्रमबाट दमक नगरपालिका कूलत समाजबाट हटाउने सन्दर्भमा निकै दर्बिलो रुपमा उपस्थित भएको बुझिन्छ । त्यहाँ पढ्नेलाई पढाउने, काम गर्न सक्नेलाई आधार दिने, शीप नभएकालाई तालिम दिने र समाजमा स्थापित गराएरै छाड्ने तर विगतका दिन बिर्सेर अगाडि बढ्नुपर्ने नगरप्रमुख, उपप्रमुख र अन्य सरोकारवालाहरुले कुरा राखे । र त्यहाँ उपस्थित कुलतमा फसेका र सुधारको लागि आएका दिदीबहिनीहरुले एक स्वरमा आफु समाजमा स्थापित हुन चाहेको बताए ।
लागूऔषध दुव्र्यसन विश्वकै निम्ति चुनौति बनिरहँदा नेपाल अछुतो रहने कुरै भएन । नेपालमा लागुऔषध दूव्र्यसनी व्यक्ति, गाउँ, घर, टोल, छिमेकी, समाजका निम्ति चुनौतिका रुपमा उभिएको छ । एकातिर लागुऔषधी कारोबार र ओसारपसारको समस्या बढ्दै गएको छ भने अर्कोतिर विभिन्न उमेर समूहका व्यक्तिहरु कूलतमा फसेको देखिन्छ ।
लागू पदार्थ दुव्र्यसनको प्रभावबाट प्रत्यक्षरुपमा नागरिकहरु नै अहिले असुरक्षित बन्दै गइरहेका छन् । लागूपदार्थले शरीरलाई कमजोर बनाउने मात्रै नभई दिमागी रुपमा समेत त्यसको नकारात्मक प्रभाव पर्ने हुनाले देशले खोजेजस्तो स्वस्थ जनशक्तिको सधैं अभाव देखिइरहनु विडम्बनापूर्ण स्थिति हो । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै खतरा पैदा गर्छ । यो मादकपदार्थ भन्दा दसौं गुणा हानिकारक हुन्छ । लागूऔषध दुव्र्यसन बढ्नुको मुख्य कारण भनेको मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो । यही कारण नै विद्यालय तथा कलेजका विद्यार्थी दुव्र्यसनीमा फस्ने गरेको देखिन्छ ।
एकातिर हाम्रो समाजको परिवारमा धैर्यता, मेलमिलाप, सुमधुर सम्बन्ध घट्दै गइरहेको अवस्था छ । अर्कातिर बुबा–आमाकै कारण थुप्रै बालबालिका तथा किशोर–किशोरीहरू विकृतिमा डुब्दै गइरहेका छन् । यसबाट समयमै बच्न पारिवारिक भावना बढाएर आफ्ना बालबालिकाको निगरानी राख्न आवश्यक छ । १० प्रतिशत लागूऔषधकै कारण अपराधहरु घट्ने गरेका तथ्याङ्कहरु छन् । बाहिर खुलेर कम देखिएपनि भित्रभित्रै त्यसको अवैध कारोबार भयावहरुपमा विकसित भइरहेको विभिन्न घटनाक्रमहरुले समेत देखाइरहेका छन् । लागूपदार्थबाट मुक्त समाजको परिकल्पना अहिलेको सोच हुनुपथ्र्यो, तर त्यसप्रति कसैको पनि ध्यान गएको छैन । अवैध कारोबार गर्ने कारोबारीहरुलाई कठोर सजायको प्रावधान नराखी लागू पदार्थको ओसारपसार र विक्री वितरण नियन्त्रण असम्भव छ । यसर्थ सरकारले लागूऔषध दुरूपयोग तथा ओसारपसार गर्नेहरुलाई कानुनी दायरामा ल्याउन कडा कानुनको प्रवधान बनाउन जरुरी छ । साथसाथै दमक नगरपालिकाले जसरी उनीहरुको पुनस्र्थापनाका निम्ति, उनीहरुको जीवनसँग जोडिएर सुनौलो भविष्य कोर्न सुधार केन्द्रका माध्यमबाट र नगरपालिकाको साथ र समर्थन र सहयोगबाट गरिने प्रयत्नहरुलाई सबै पालिकामा लागु गरेर देशव्यापी रुपमा अगाडि बढाउने र सरोकारवालाहरु जिम्मेवारी भएर लाग्ने हो भने सम्भवतः यो समस्या निकैहदसम्म न्युनिकरण गर्न सम्भव देखिन्छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो