इटहरी । सरकारले कसैले घुस मागेमा तुरुन्तै खबर गर्न भनेको आधारमा इटहरीमा दुई जना तत्कालै कारवाहीमा परेका छन् । सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि इटहरीस्थित सवारी परीक्षण कार्यालयका प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरूलाई मन्त्रालयमै तानेको हो। सेवाग्राहीसँग घुस असुली, मोलमोलाहिजा गर्ने मात्र नभई राजस्व हिनामिनासमेत भएको आशंका गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
अनियमितताको प्रमाणसहितको गुनासो मन्त्री कुलमान घिसिङसमक्ष पुगेपछि उनले तत्काल दुवैलाई हटाएर छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए।
कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको उजुरी परेको जनाइएको छ।
प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने म्याद तोकिएको छ।
खगेन्द्र कार्की
१३ असोज २०८२, सोमबार ०३:१५ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो