भोक्राहा नरसिंह गाउँपालिकाले ग¥र्यो कोशी प्रदेशका सिनियर क्रिकेट खेलाडीको सम्मान

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाद्वारा राष्ट्रिय क्रिकेट टोलीका सदस्य द्वय ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । सुनसरीको भोक्राहा गाउँपालिकाले सिनियर टोलीका खेलाडी राजवंशी र यू–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २० हजार रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । 

दीपेशले यूएईको यू–१९ टोलीविरुद्ध हृयाट्रिक विकेट लिएर नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सम्मानपछि मन्तव्य राख्दै सिनियर टिमका खेलाडी राजवंशीले क्रिकेट खेलकुदका लागि आधारभुत सन्दर्भमा सरकारहरुले साथ र सहयोग गरेमा क्रिकेटलाई तल्लोस्तरबाटै उठाएर विश्व सामु चिनाउन सकिने बताए ।  

कुनै बेला क्रिकेटको उर्वरभूमि मानिएको कोशी प्रदेशबाट अहिले राष्ट्रिय सिननियर टिममा ललित र यू–१९ मा दिपेश मात्र छन् । उनीहरुलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

भोक्राहा गाउँपालिकाको सहयोगमा क्रिकेट संघ सुनसरी र सुनसरी युथ क्लबको पहलमा उक्त पुरस्कार राशिबाट खेलाडीलाई सम्मान गरिएको क्लबका अफजल हुसेनले बताए ।


खगेन्द्र कार्की
प्रतिक्रिया