फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । काठमाडौं महानगरपालिकाले देश र जनताको हित विपरित आएका कुनै कार्यक्रम हुन नदिने रणनीति लिएको छ । सोही रणनीति बमोजिम नतिजा नआइकनै विद्यार्थीलाई प्रलोभनमा पार्ने गरी सुरु भएको कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । यता दक्षिण भारतीय चलचित्र आदिपुरुषमा सिता भारतमा जन्मिएकी हुन भन्ने शब्द नेपालमा आउने र भारतमा समेत सच्चिँदैन तबसम्म काठमाडौंमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने बताएका छन् । सो शब्द सच्याउनका लागि ३ दिनको अल्टिमेटम समेत दिएका छन्
कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु गरेको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।
तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् । मेलाको बारेमा स्थानीय तहलाई जानकारी नगराएको र माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआउँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । केही दिनअघि महानगरले एसईईको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सबै विद्यालयलाई पत्राचार गरेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो