इटहरी । अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा सुनसरीको दुहवी ८ सोनापुरमा सञ्चालित माउन्ट एभरेष्ट एकेडेमीले तेस्रो स्थानको उपाधि चुम्न सफल भएको छ । उक्त विद्यालयका अनुशासित, मेहनती, लगनशील छात्रा निर्जला घिमिरेले सो उपाधि ल्याएको विद्यालयका संस्थापक प्रिन्सिपल एस. रहमान राईनले बताए । यस्तै हरितालिका तीजको पावन अवसरमा अभिभावक स्तरीय एकल नृत्य प्रतियोगिताको आयोजना समेत गरेर उत्कृष्ट नृत्यलाई सम्मान तथा पुरस्कार वितरण गरेको पनि राईनले बताए ।
खगेन्द्र कार्की
२२ भदौ २०८१, शनिवार १०:१७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो