अमेरिका । विद्यार्थी भिसामा अमेरिका पढ्न पुगेका १४ विद्यार्थीले मानसिक सन्तुलन गुमाएका छन् । ति विद्यार्थीहरुमध्ये ७ जनाको अमेरिकामै उपचार भईरहेको छ भने ७ जना नेपाल फर्काइएको बताइएको छ । प्राप्त जानकारी अनुसार टेक्सासको डिअफडब्लु सडक एरियामा भेटिएका १४ जना विद्यार्थीलाई होमलेस अवस्थामा उद्दार गरेको नेपाली समाज टेक्सासले जनाएको छ ।
समाजका अनुसार उज्ज्वल भविष्यको खोजीमा विद्यार्थी भिसामा गएका केही नेपाली विद्यार्थीहरूको अवस्था निकै दुःखद् र नाजुक बन्दै गएको छ।
हालसालै अमेरिका, टेक्सास राज्यको डल्लस–फोर्टवर्थ ९म्ँध्० क्षेत्रमा सात जना नेपाली विद्यार्थी मानसिक सन्तुलन गुमाएर स्थानीय अस्पतालमा उपचाररत रहेका छन् भने थप सात जनालाई सहयोग रकम संकलन गरेर नेपाल फर्काइएको समाचार सार्वजनिक भएको छ।
नेपाली समाज टेक्सास ९ल्क्त्० का युवा तथा विद्यार्थी संयोजक प्रविस श्रेष्ठले दिएको जानकारीअनुसार अमेरिका भित्र अध्ययनरत करिब ३५ सय नेपाली विद्यार्थीमध्ये केही सामाजिक रुपमा घुलमिल हुन नसक्ने, परिवारको बेवास्ता भोग्ने र व्यवहारिक जीवन–दक्षतामा कमी भएकाले समस्या गहिरिँदै गएको हो। श्रेष्ठका अनुसार, “हामीले सडकमा बेवारिसे अवस्थामा भेटिएका सात विद्यार्थीलाई टिकट काटेर नेपाल फर्काएका छौं भने सात जनाको मानसिक सन्तुलन गुमेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।”
उनका अनुसार, धेरै विद्यार्थीहरू अध्ययनसँगै कामको चाप, कलेज ट्रान्सफरमा देखिने कठिनाई र जागिर पाउने समस्या समाधान गर्न नसक्दा मानसिक रोगको शिकार भएका छन्। “१२ कक्षा सकेर आएका विद्यार्थीहरूलाई यहाँका व्यवहारिक पक्षबारे थोरै मात्र जानकारी हुने भएकाले उनीहरू ठूलो कठिनाइमा पर्छन्,” श्रेष्ठले भने।
अमेरिकामा पढाई सजिलो छ भन्ने भ्रममा अनेक सपना बोकेर आएका विद्यार्थीहरू अपेक्षित वातावरण नपाउँदा निराश भई मानसिक असन्तुलनको अवस्थामा पुगेको संयोजक श्रेष्ठले जनाएका छन्। उनले थपे, “सोचेजस्तो छैन यहाँको जीवनशैली, सरकारको नयाँ नियम र नीतिले अझै विद्यार्थीहरूलाई दबाबमा पारेको छ।”
युलेस सिटीका उपमेयर टिकाराम पौडेलले समेत नेपाली विद्यार्थीहरू मानसिक उपचारमा रहेको पुष्टि गरेका छन्। तर, बिरामी विद्यार्थीहरूको व्यक्तिगत विवरण गोपनीय राखिएको उनले स्पष्ट पारेका छन्।
विशेषज्ञहरूले भने, विदेशमा पढ्न आउने विद्यार्थीहरूले शैक्षिक तयारी मात्र नभई मानसिक तयारी, सामाजिक सीप र आर्थिक व्यवस्थापनमा समेत सक्षम हुनुपर्नेमा जोड दिएका छन्।
शैक्षिक वर्ष २०२५ को पहिलो तीन महिनामा १ हजार ४ सय ९५ जना नेपालीले विद्यार्थी भिसा प्राप्त गरेका छनस यसमा ७ सय १२ जना अक्टोबरमा, १ सय ६७ जना नोभेम्बरमा, ६ सय १६ जना डिसेम्बरमा भिसा पाएका थिए ।
अमेरिकी क्भ्ख्क्ष्क् प्रणाली अनुसार अहिले अमेरिका भित्र अध्ययनरत कूल १६ हजार ९३३ जना नेपाली विद्यार्थीहरू छन् । जसमा १० हजार ७३० जना पुरुष र ६ हजार ५०३ जना महिला शामिल छन् ।
यो संख्या जनवरी २०२४ मा २० हजार १५३ थियो र मार्च २०२४ मा २३ हजार ४३५ सम्म पुगेको थियोस हाल केही घटेको देखिन्छ १
– टेक्सास, अमेरिकाबाट टिकाराम नेति, नेपालको सहयोगमा
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो