इटहरी । इटहरीको ओसियन पार्कमा सम्पन्न भएको ८ दिने पौडी प्रतियोगिता आज सम्पन्न भएको छ।
प्रतियोगितामा महिला तर्फ बेष्ट सेक्टर विधामा लक्ष्मी गक्षदारले ०.५३.९५ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हात पारिन्। यस्तै, सुभद्रा महतो १.०७.०० सेकेन्डमा दोस्रो र चन्द्रिका सरदार १.४७.४१ सेकेन्डमा तेस्रो स्थानमा रहिन।
पुरुष तर्फ बेष्ट सेक्टरमा सन्दिप लिम्बूले ०.४०.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। नभिराज राई ०.४५.०० सेकेन्डमा दोस्रो र मिलन लिम्बू ०.४५.३० सेकेन्डमा तेस्रो भए।
त्यस्तै, पुरुष फ्री स्टाइल विधामा निराजन बि.क. २४.७३ सेकेन्डमा प्रथम, हेम कुमार बिष्ट २८.१० सेकेन्डमा दोस्रो र पुष्प घिमिरे २८.३३ सेकेन्डमा तेस्रो भएका छन् ।
स्पाइनल इन्जुरी संघ काेशी प्रदेशको आयाेजनामा सम्पन्न प्रतियोगितामा काेशी प्रदेशका विभिन्न जिल्ला बाट२० जना महिला पुरुष खेलाडीकाे सहभागीता रहेकाे थियाे ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष विक्रम घिमिरेका अनुसार अपांगता भएका व्यक्तिहरूको आत्मविश्वास अभिवृद्धि र शारीरिक विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
समापन समारोहमा विजयी खेलाडीहरूलाई कोशी खेलकुद विकास बोर्डका सदस्य प्रदीप कुमार भगत थारु, लेखा प्रमुख दीपक घिमिरे लगायतले प्रमाणपत्र, ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा पूर्वी पृतना हे.क्वा. इटहरी भगवती गणका कर्णेल राजन भुजु, इटहरी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बराल, चेलिबेटी अपांग महिला समाज सुनसरीकी अध्यक्ष दिल कुमारी राई लगायतको उपस्थिति रहेको थियो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो