इटहरी । मारवाडीको दलबलले नेपालका मानविय सेवाका लागि खोलिएका धार्मिक स्थलसमेत खान खोजेका छन् । उनीहरुले अरु त कुरै छाडौं कौडीको भाउ भाडा तिरेर अहिलेसम्म करोडौं कमाएको काठमाडौं गौशाल धर्मशालाको जग्गा नै खान खोजे । मानवीय सेवाका लागि खोलिएको धर्मशालामा व्यापार गरेर अकुत सम्पत्ति कमाइसकेका मारवाडीहरुले मोहीको दावी सहित जिल्ला अदालत काठमाडौंमो दिएको रिटको खेला पनि सकिएको छ । अदालतले मोहीको दावी पुग्दैन, उक्त धर्मशालामा कुनै हक नभएको व्याख्या गरेपछि उनीहरुको त्यो लालचीपनको काण्ड समाप्त भएको छ । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरिसकेको छ ।
जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । फैसलामा गौशाला धर्मशालामा मारवाडीहरूको कुनै पनि हक नभएको व्याख्या गरिएको छ ।
मोहियानी हकमा मारवाडीहरूको दाबी नपुग्ने र करारको शर्त पालना नभएको अवस्थामा पशुपति विकास कोषले सम्झौता अन्त्य गर्न सक्ने फैसलामा भनिएको छ ।
फैसलाको खण्ड २३, २४ र २५ मा मारवाडी सेवा समिति र पशुपति विकास कोषका बिचमा चलेको विवादमा विस्तृत व्याख्या गरिएको छ । जिल्ला अदालतले मारवाडी सेवा समितिका तर्फबाट प्रमोद अग्रवालले दायर गरेको फिरादको दाबी नपुग्ने भनी खारेज हुने फैसला सुनाएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो