इटहरी । इटहरी स्थीत रहेको हाम्रो इटहरी भेट्रान क्लव को आयोजनामा फागुन २६ गते देखी चैत्र ३ गते सम्म इटहरी जनता खेल मैदानमा चौथो अन्तराष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ ।
प्रतियोगीतामा हाम्रो इटहरी भेट्रान क्लव, मिल्स भेट्रान विराटनगर, हाम्रो धरान भेट्रान सुनसरी, विराट मेघा स्पोर्टस एकेडेमी भेट्रान विराटनगर, राजारानी भेट्रान धनकुटा, उर्लावारी भेट्रान मोरंग, दमक लखनपुर भेट्रान, दुधे भेट्रान झापा, रियल फ्रेन्ड भेट्रान सिक्कीम भारतले प्रतियोगीतामा भाग लिने आज इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
प्रतियोगीतामा विजेता हुने प्रथम टिमलाई एक लाख एघार हजार ट्रफी,मेडल, उपविजेतालाई एक्सठ्ठी हजार ट्रफी मेडल,त्यसै गरी म्यान अफ द म्याच लाई दुइ हजार एक सय, उत्कृष्ट विधा तर्फ पैतिस सय, उत्कृष्ट खेलाडीलाई सात हजार र ट्रफी वितरण गरीने क्लवका अध्यक्ष निर्मल तामाङले जानकारी गराए ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो