विद्यार्थीको स्वास्थ्यलाई खेलकुदसँग जोड्दै सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी

खगेन्द्र कार्की

फामिने संवाददाता

काठमाडौं ।  विद्यालयमा विद्यार्थीको सुन्दर पक्ष भनेको उनीहरुको अतिरिक्त क्रियाकलापप्रतिको आकर्षण पनि हो । विभिन्न विषयबाट विद्यार्थीमा भएको कला र शिल्पीलाई उजागर गर्दै प्रतिभा निकाल्नु पनि विद्यालयको शैक्षिक उपलब्धी नै हो । त्यही उपलब्धीको रक्षा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृतिमान समेत रहँदै आएका छ । त्यही उपलब्धीलाई केन्द्रमा राखेर मोरङको सुन्दरहरैंचा नगरपालिकाको विद्यालय पूर्वाञ्चल एकेडेमीलाई फष्ट सकुल ओलम्पिक खेलकुद प्रतियोगिता सुरु गरेको छ । माघ २७ गतेसम्म सञ्चालन हुने सो खेलकुदको उद्घाटन सुन्दरहरैंचा वडा नं. ६ का वडाअध्यक्ष सन्तोष लिङ्देनले गरेका छन् । 

सो प्रतियोगितामा विद्यार्थीले दौड, रिले, एथलेटिक्स, फुटसल, बेडमिन्टन, टेबुल टेनिस, तक अफ वार लगायतमा भाग लिन पाउने छन्। साथै साना बालबालिकाका हकमा भने रोचक तथा रचनात्मक खेलहरु हुने विद्यालयले जानकारी दिएको छ। 

विद्यार्थीलाई पढाइको अतिरिक्त क्रियाकलाप मध्ये खेलकुदमा पनि सक्षम बनाउने उद्देश्यले यस्ता खेलकुदका कार्यक्रम  हरेक वर्ष गरिने विद्यालयका प्रिन्सिपल दीपेन्द्र राईले जानकारी दिए । 

साथै यस खेलकुद प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने बताइएको छ। यस विद्यालयले खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । गत पुसमा आयोजना भएको मोरङ प्याब्सन स्पोर्ट मिट साथै जिल्ला नृत्य प्रतियोगितामा जिल्ला प्रथम भएको थियो। उक्त विद्यालयका पूर्व विधार्थी सुदर्शन गुरुङ ब्याडमिन्टनमा नेशनल च्याम्पियन हुँदै राष्ट्रिय टिमको जूनियर टीममा छन्। यस्तै यसै विद्यालयका देवान तामाङ ज्याब्लिन थ्रोमा  नेपाल दोश्रो भएका थिए।

खगेन्द्र कार्की
प्रतिक्रिया