इटहरी । सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले चार दिन म्याद थप गरेको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक गत मंसिर ९ गते कास्की जिल्ला अदालतले १५ दिनको समय दिएको थियो । अदालतले दिएको समय शुक्रबार राति सकिए र भोलिपल्ट शनिबार परेकोले लामिछानेलाई छैटौं पटक म्याद थप्नका लागि आइतबार अदालतमा पेश गरिएको हो ।
रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान बाँकी रहेकाले सरकारी वकील कार्यालयले थप समय मागेको अधिवक्ता युवराज पराजुलीले बताए । लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
रविसँगै पूर्व प्रहरी डीआईजी छविलाल जोशी, रकम अपचलनमा सहयोग गरेको आरोपमा पक्राउ परेकी लीला पछाई, नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाललाई पनि अदालतमा पेश गरेर म्याद थप भएको छ ।
यसबीचमा प्रहरीले गोर्खा मिडियाका संचालकहरू रवि, छवि र कुमार रम्तेल लगायतलाई पक्राउ पुर्जी जारी भएका बुटवल, चितवन, काठमाडौंमा बयान गराई पोखरा ल्याएको छ ।
चितवनबाट अकस्मात राती नै किटन्यापरको शैलीमा नामान्दा नमान्दै रक्सी खाएका प्रहरी सहितको टोलीले गाडीमा राखेर कास्की पुर्याए पछि मानव अधिकारको क्षेत्रबाट विरोध भईरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगमा रास्वपाले उजुरी गरेपछि मानव अधिकार आयोगको टोलीले अनुगमन समेत गरिसकेको छ । अन्य मानवअधिकारकर्मीहरु, पूर्व प्रधानमन्त्री
लामिछाने....बाबुराम भट्टराई, राप्रपाका नेता ज्ञानेन्द्र शाही, कांग्रेस नेता शेखर कोइरालालगायतका नेताहरुले हिरासतमा रविलाई भेटेर यथार्थ कुरा बाहिर ल्याईसकेका छन् । उनीहरुले रविमाथि साँच्चिकै अन्याय भएको भन्ने निस्कर्ष समेत निकालेका छन् । प्रतिशोधपूर्ण तरिकाले हिरासतमा राखेको र हिरासतभित्र मानव अधिकार विरोधी गतिविधि उनीमाथि भएको भन्ने उनीहरुको ठम्याई रहेको छ ।
यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो