इटहरी । ताप्लेजुङको फुङलिङमा आयोजित प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपको उपाधि वराहक्षेत्रको चकरघट्टी फुटबल क्लब सुनसरीले जितेको छ । वुधबार सम्पन्न प्रतियोगितामा मोरङको सगरमाथा युथ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको चक्रघट्टी फुटबल क्लबका मेनेजर संन्तोष श्रेष्ठले जानकारी दिए ।
निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका सुशील राईले हानेको गोल सुनसरीका गोलकिपर अभिशेक राईले बचाएपछि र अर्का अभिशेक लिम्बूले हानेको गोल पोलमा ठोकिएर फर्किएपछि सुनसरीले उपाधि जितेको थियो ।
विजेता सुनसरीले ३ लाख २ हजार हात पार्यो भने उपविजेता मोरङले १ लाख ५१ हजारमा चित्त बुझायो । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । चासोक तङ्नाम(२०८० को अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, चासोक तङ्नाम सञ्चालक समिति र ङावोरक सङ्जुम्भोको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो