यौन यातनाबाट महिलाको मृत्यु
इटहरी । श्रीमानको चरम यौन यातनाले चितवनमा एक महिलाको मृत्यु भएको जनाइएको छ । भरतपुर महानगरपालिका २ मा बिरामी अवस्थामा पटक पटक श्रीमानको यौन यातनाका कारण चार दिनअघि मात्रै ३२ वर्षकी महिलाको ज्यान गएको छ । फोक्सो र दमको रोगले वर्ष दिनदेखि थलिएकी श्रीमतीलाई श्रीमानले पटक पटक यौन यातना दिएको थलिएकै अवस्थामा प्रहरी कार्यालय पुगेर श्रीमतीले बताएकी थिइन् । श्रीमानको यातना अति भएपछि उनको पाठेघरमा समेत संक्रमण भयो । त्यतिमात्रै होइन पाठेघरको संक्रमण यौनाङ्गको बाहिरी क्षेत्रमा समेत फैलिएको थियो । तैपनि श्रीमानले रक्सी सेवन गरेर यौन यातना दिन नछोडेपछि ३२ वर्षकी महिलाले जिल्ला प्रहरी कार्यालय चितवनमा वैवाहिक बलात्कारमा जाहेरी दिएकी थिइन् । यहि चैतको १९ गते श्रीमानले दिएको यौन यातना, घरेलु हिंसासमेतको जाहेरी दिएकी उनको स्वास्थ्यअवस्थाअत्यन्त जटिल देखिएपछि जाहेरी दर्ता लगत्तै प्रहरीले उपचारको लागि भरतपुर अस्पताल पठाएको थियो ।
फोक्सोमा संक्रमण, दमको रोगले एकातिर च्यापिरहेको र अर्कोतिर पाठेघरको संक्रमण फैलिएको उनको चैतको २६ गते भरतपुर अस्पतालमा नै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार ति महिला निकै नाजुक स्वास्थ्य अवस्थामा प्रहरी कार्यालय आइपुगेकी थिइन् ।
एकातिर दीर्घरोग, अर्कोतिर श्रीमानको यौन यातनाका कारण उनको स्वास्थ्य अवस्था कमजोर भएको देखेपछि प्रहरीले १९ गते नै उपचारको लागि पठाएको थियो । तर, उपचारमा पठाएको एक सातापछि अर्थात् चैत २६ गते महिलाको ज्यान गएको हो ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो