नागरिक समाज इटहरी इलाका प्रहरी कार्यालय पुननिर्माणमा जुट्दै

खगेन्द्र कार्की

इटहरी । जेनजी पुस्ताको आन्दोलनका क्रममा ध्वस्त इटहरी प्रहरी कार्यालय पुननिर्माणका लागि नागरिहरुले सक्रियता बढाएका छन् । पुननिर्माणका लागि समिति बनाएर नागरिक स्तरबाट सहयोग भईरहेको बुझिएको छ । सुरक्षा चुनौती मानिएको इलाका प्रहरी कार्यालय यति बेला प्रहरी चौकी तरहराको नयाँ भवनमा सरेकाले गर्दा पुरानै स्थान वा इटहरी बजारसँगै आसपासका क्षेत्रलाई पायक पर्ने स्थानमा पुनस्र्थापना गर्न सकस भएको हो ।   

केही सुरक्षाकर्मीको व्यवस्थापनमा रंगशालापछाडिको भागमा अस्थायी रुपमा प्रयोगमा ल्याइएको वडा नं. ९ का वडाअध्यक्ष जितेन्द्र थापाले जानकारी दिए । कार्यालय स्थानान्तरणसँगै सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको पनि उनले सुनाए ।  नगरवासीलाई सुरक्षा र सुविधा प्रदान गर्ने कार्य नै पहिलो कर्तव्य भएको भन्दै प्रहरीले नयाँ स्थानबाट पनि पूर्ववत् रूपमा जनताको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उनका अनुसार इटहरी ९ का वडाध्यक्ष थापाको संयोजकत्वमा सहयोग समितिको कार्यप्रारम्भ सुरु गरिएको छ ।

यसैगरी ८ नं. का वडाध्यक्ष रोहित चौधरी, १० नं. वडाका वडाध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा, नागरिक समाजका पूर्व अध्यक्ष सन्त डुम्जन सदस्य रहेका छन् । यस्तै, इटहरी उपमहानगरका अधिकृत डम्बरबहादुर कार्की सदस्यसचिव रहेका छन् ।

जीनजीको आन्दोलनमा ध्वस्त पारिएको ईलाका प्रहरी कार्यालयमा रहेका सवारी साधनहरू हटाउने कार्य शुरू भइसकेको छ । ईटहरी उपमहानगरपालिका वार्ड न ६ का अध्यक्ष पोखरेल, नागरिक समाजका पुर्ब अध्यक्ष सन्त बहादुर डुम्जन ईलाका प्रहरी कार्यालयका डिएपी सुवास हमालको रोवहरमा उक्त कार्य भएको पोखरेलले बताए ।

इटहरीमा जेनजी आन्दोलनको समयमा उपमहानगरपालिका, इलाका प्रहरी कार्यालयसहित दर्जन बढी सरकारी कार्यालयमा आगजनी गरिएको छ । हाल इटहरी प्रहरी तरहरा प्रहरी चौकीबाट पनि सेवा प्रदान गर्दै आएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया