दमकमा सैयौ करदातालाई सम्मान गर्दै राजश्व कार्यालय

फाष्ट मिडिया नेपाल संवाददाता



दमक/ आन्तरिक राजश्व कार्यालय दमकले करदाता सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको सो कार्यक्रममा धेरै कर बुझाएर उत्कृष्ट योगदान गर्ने  एक सय करदाताहरुलाई सम्मान गरिएको हो ।  सम्मानित हुने करदाताहरु सरकारी कार्यालय बाहेकका रहेको र उनीहरुलाई आयकर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क लगायत सबै प्रकारका कर गरी कूल राजश्व (कर) रकम नियमित बुझाएको आधारमा छनौट गरिएको आन्तरिक राजश्व कार्यालय दमकका कर अधिकृत प्रेम प्रकाश मण्डलले जानकारी गराए ।

असल करदाताका रुपमा समेत कारोबार गरिरहेका करदाताहरुलाई निरन्तरता र प्रोत्साहनका लागि सम्मान पत्रले  गरिएको सो कार्यालयले जनाएको  छ । यसपटकको सम्मान भने राजश्व कार्यालय दमकले आफ्नै निर्णयबाट गरेको हो  ।

आन्तरिक राजश्व कार्यालय दमकको आयोजना तथा दमक उद्योग वाणिज्य संघको सह–आयोजनामा भएको सो कार्यक्रममा सम्मानित हुनेहरुलाई राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत पुण्य प्रसाद रिजाल र दमक उवासंघका अध्यक्ष गोपाल गुरागाईले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।   राजश्व कार्यालय  र करदाताबीचको सम्बन्धलाई करमैत्री हुनेगरी सुमधुर बनाउन पनि सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत रिजालले   कर संकलन र बुझबुझारथको कुरामा करदातालाई सहजीकरण गर्न र मुस्कान सहितको सेवा दिन आफूहरु राष्ट्रसेवकको रुपमा सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । अन्तरक्रियामा दमक उद्योग 

राजश्व... वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले कर बुझाउने र बुझ्ने कुरामा देखापरेका हिसाबहिताव सम्बन्धी समस्या र जटिलताहरुमा व्यापारी व्यवसायी र कर कार्यालयबीच समन्वय र सहकार्य गरेर समस्याको समाधान गर्न वाणिज्य संघ सहयोगी रहने  धारणा राखे । कार्यक्रममा सहभागी करदाताहरुले राखेका कर सम्बन्धी जिज्ञासामा उचित समाधान सहितको जवाफ दिएर प्रष्ट पारिएको थियो ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया