राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी उपमहानगर कमिटीको आयोजनामा इटहरीको वडा नं. ६ संगीत चोकमा आज आयोजित रक्तदानबाट ६३ पिन्ट रगत संकलन भएको छ । रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा आयोजित सो रक्तदान भुकम्पमा परी घाइते तथा तिनका परिवारको स्वास्थ्यका निम्ति आयोजना गरिएको रास्वपाले जनाएको छ । सो कार्यक्रममा रास्वपाका प्रदेश समिति हुँदै विभिन्न तह र तप्काका देखि आयोजक इटहरी उपमहानगर समितिको बाक्लो उपस्थिति रहेको थियो । भुकम्प प्रभावित क्षेत्रमा समय अनुकुल मिल्ने जिल्लाका अभियन्ता तथा केन्द्रीय सभापतिदेखि पदाधिकारी तथा सदस्यहरु सुरुदेखि नै खटिरहेको र राहत समेत उपलब्ध गराउँदै आइरहेको छ । रास्वपाकै टिम उक्त क्षेत्रमा स्वास्थ्योपचारको क्षेत्रबाट सांसद डा. तोसिमा कार्कीमार्फत अमूल्य योगदान दिइरहेको कोशी प्रदेश प्रवक्ता कमलबाबु मैनालीले बताए ।
२५ कार्तिक २०८०, शनिवार ११:५० मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो