आजको पाठकको पुर्पुरो : वि.सं. २०८० वैशाख ११ गते (तद्अनुसार सन् २०२३ अप्रिल २४ तारिख) सोमबार

खगेन्द्र कार्की

मेष – स्वादिष्ट भोजनमा मन रमाउने समय छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्दा फलदायी हुनेछ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । तार्किक क्षमता बढ्ला । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने योग छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – दिन सामान्य छ । सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । तर आज नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइने तर आफ्नो लागि परिस्थिति प्रतिकूल रहने योग छ । आरोग्यता बढ्नेछ । मान पुरस्कार प्राप्त होला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आज धनलाभ हुने देखिन्छ, तर चिताएको कुनै काम बाध्यतावश रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ, धैर्य राख्नुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस् । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – शुभ समाचार सुन्न पाइएला । आजको दिन रमाइलैसँग बित्नेछ । धनलाभको सम्भावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । परिश्रमले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनुपर्ला । आयबलका साथै कार्यबोझ पनि बढ्नेछ । शत्रुप्रति विजय प्राप्त होला ।

कन्या – मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागि हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आम्दानी बिगार्नेहरू सक्रिय रहने र खर्च बढ्ने योग छ । साझेदारीको कार्य बन्नेछ । उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । प्रतिस्पर्धी परास्त हुने योग छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सफलता मिल्नेछ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । रोकिएको कार्य बन्ला, नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आज अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि धन आर्जन गर्ने योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । दायित्व र कर्मबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ । रचनात्मक कार्यमा सफलता रहला ।

धनु – मेहनतले लाभ उठाउन सकिनेछ भने व्यापारमा पनि राम्रै फाइदा हुने दिन छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट चाहिँ धोकाको सम्भावना छ, सचेत रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । आरोग्यता बढ्नेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – गरिएका कामको राम्रै मूल्यांकन हुने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ला । प्राप्त न्यून उपलब्धिले बेचैन बनाउला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – शुभता वृद्धि हुनेछ । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ कामसमेत पाइने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बड्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सुख शान्ति बढ्ला ।

मीन – फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । व्यावसायिक काममा मनग्य फाइदा हुने योग छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नुका साथै सन्तानबाट सुख प्राप्त हुनेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया