फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । तनहुँको प्रारम्भिक मतगणनाको नतिजालाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने आँकलन गर्न थालिएको छ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार डा स्वर्णिम वाग्लेले १३ हजारर ६५ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ७ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ ।
वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २ सय ३ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार १ सय ३४ मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।
११ बैशाख २०८०, सोमबार ०९:०७ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो